कोरोना भाइरसबाट मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षे महिलाको शव परिवारले छुन नपाइने

३ जेठ, काठमाण्डौ । कोरोना भाइरसका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षे महिला को शवलाई परिवारले छुन नपाउने भएको छ । कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरले बनाएको शव व्यवस्थापन सम्बन्धी कार्यविधिले संक्रमण नफैलियोस् भनेर सतर्कता अपनाउन यो नीति अख्तियार गरेको हो ।

हालसम्म शवको संसर्गबाट रोग अर्को व्यक्तिमा सरेको प्रमाण फेला नरहे पनि सावधानी अपनाउन यो नीति अपनाइएको कार्य्विधिमा भनिएको छ । साथै, शवलाई चाँडोभन्दा चाँडो अन्तिम संस्कार स्थलमा लानुपर्ने पनि उल्लेख गरिएको छ ।

यही कार्यविधिअनुसार नेपालमा पहिलो पटक कोरोना भाइरसका कारण मृत्यु भएकी महिलाको शनिबार साँझ पशुपति आर्यघाटमा दाहसंस्कार भइसकेको छ ।

कार्यविधिले मृतकको जथाभावी सतगदलाई पनि निषेध गरेको छ । शवलाई अस्पतालरघरबाट अन्तिम संस्कार गर्न लैजाने क्रममा अस्पतालका कर्मचारी, एम्बुलेन्स, सतगद गर्ने व्यक्तिहरू र सहभागी हुने आफन्तले पञ्जा, चस्मा, टोपी, मास्कसहित पीपीई प्रयोग गर्नुपर्ने भनिएको छ ।

साथै, शवलाई कमभन्दा कम चलाउने भनिएको छ । शवको कुनै भागबाट श्राव भइरहेको भए त्यसलाई होसियारीपूर्वक बन्द गर्नुपर्ने भनिएको छ ।

‘६० वर्षमाथिका व्यक्ति र दीर्घ रोगीहरूलाई शवको नजिक जानबाट रोक्नुपर्छ’, कार्य्विधिमा भनिएको छ, ‘सतगद गर्नुपूर्व आफ्नो कुलरपरम्पराअनुसार शवलाई नछोइकन जल छर्कने, पाठ गर्ने तथा फूलमाला चढाउने जस्ता क्रियाकलाप गर्न सकिनेछ ।

मृतकका आफन्तले शव हेर्न चाहेनमा नछोइ कम्तीमा एक मिटर टाढाबाट एकएक जनालाई पालैपालो गरी हेर्न दिन सकिने बताइएको छ ।

कोभिड(१९ ले मृत्यु भएका व्यक्तिको सामान्यता पोस्टमार्टम गर्नु नपर्ने पनि कार्य्विधिमा भनिएको छ । साथै, गर्नै परे पनि मृतकको फोक्सो तथा अन्य अंगहरूमा जीवाणु जिउँदै हुनसक्ने हुनाले थप होसियारी अपनाउनुपर्ने भनिएको छ ।