कोरोना संक्रमितबाट सिन्धुपाल्चोककी महिलाको मृत्यु भएपछि उनी बस्दै आएको गंगबु क्षेत्र सिल

३ जेठ, काठमाण्डौ । कोरोना भाइरसबाट मृत्यु भएकी सिन्धुपाल्चोक १२ ह्रबिसे राम्चेकी एक महिला काठमाडौंको गोंगबुमा डेरा गरी बस्ने गरेकी थिइन । सो लाक्ष्ई नै मध्यनजर गर्दै कोरोना संक्रमणबाट जोगाउन गंगबु क्षेत्र शिल गरिएको छ ।

टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले निकालेको विज्ञप्तिमा सिन्धुपाल्चोक निवासी २९ वर्षीय महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको पहिलो घटना हो ।

सो कोरोना संक्रमणबाट मृत्यु भएको महिला टिचिङ अस्पतालमा डेलिभरी गराई यस नगरपालिकाको वडा नं. ९ मा पर्ने काभ्रे डेरीदेखि अरुण डेरीसम्मको बाटोमा पर्ने आफन्तको घरमा बस्नु भएको भन्ने जानकारी आएकोले सो वरपरका क्षेत्र शिल गरिएको जानकारी गरिन्छ ।

‘आफू पनि बचौं र अरुलाई पनि बचाउँ’ भन्ने अवधारणालाई आत्मसाथ गर्दै लकडाउनको पूर्ण पालना गर्न नगरवासीमा अनुरोध गरेका छन् ।

टोखा नगरपालिका वडा नं. ९ का अध्यक्ष जे.पी नेपालका अनुसार टोखा ९ नं. वडा बासीहरुमा आइतबार ९ बजेदेखि दिपज्योती टोलदेखि सिदा गोङबु चोक रिङरोड भित्रको भाग सिल गरिएको हुँदा कोही पनि घर बाहिर ननिस्क्न र निस्केमा प्रहरीले कारबाही गर्ने भएको हुँदा सबैमा जानकारी गराउन सूचना सार्वजनिक गरेका छन् ।

आइतबारदेखि गोङबु क्षेत्रमा कुनैपनि पसल वा केही पनि कार्य गर्न पाइने छैन ।

सच्चाइएको : मानवीय सभ्यताको ख्याल गरी अरुको जीवनमा आँच नाओस भनी फोटोे चेन्ज गरिएको अवगत गराउदछौं ।