कोरोना भाइरसबाट नेपालमा सिन्धुपाल्चोककी २९ वर्षे महिलाको मृत्यु

३ जेठ, काठमाण्डौ । नेपालमा कोरोना भाइरस (कोभिड(१९) का संक्रमित बढ्नै क्रमसँगै मृत्यु भने भएका थिएनन् तर आज स्वास्थ्य मन्त्रालयले एक जनाको मृत्यु बताएको छ । सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वर्षीया महिलाको कोभिड (१९ का कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि समेत गरेको छ ।

उनको १० दिनअघि त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी भएको थियो । आमाछोरा दुबैको स्वास्थ्य सामान्य थियो र उनीहरू २५ गते डिस्चार्ज भएर घर फर्किएका थिए ।

तर उनलाई ज्वरो र खोकी लाग्नुका साथै स्वासप्रश्वासमा समस्या आयो । बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्दा पनि निको नभएपछि धुलिखेल अस्पताल ल्याउने क्रममा बाटैमा उनको निधन भएको छ ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको बताएकाले उनको पीसीआर विधिबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ अयो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पनि उनको रिपोर्ट पोजेटिभ नै आएको छ । यद्यपि उनको मृत्यु कोरोनाकै कारण भएको घोषणा गर्नुपूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार नै अध्ययन टोली धुलिखेल अस्पतालमा पठाएको थियो ।

टोलीको रिपोर्टका आधारमा मन्त्रालयले उनको मृत्यु कोरोनाका कारण भएको घोषणा गरेको छ । मन्त्रालयले आज शनिबार साँझ विज्ञप्ति जारी गर्दै भनेको छ, ‘‘ विस्तृत विवरण लिइएको र कोभिड(१९ सँग सम्वन्धित थप परीक्षण पश्चात नेपालमा कोभिड(१९ बाट नेपाल मृत्युभएको पहिलो घटना भएको पुष्टि भएको छ ।

सच्याइएको बारे : मानवीय सभ्यताको ख्याल गरी कसैको जीवनमा आँच नाओस भनेर फोटो चेन्ज गरिएको अवगत छ ।