Breaking News

इजरायलबाट चार्टर बिमानबाट आज बिहान २५४ जना नेपाली बिद्यार्थी स्वदेश फिर्ता

काठमाडौँ । इजरायलमा हमासले हजारौं रकेट फायर गरेर धेरै जनाको ज्यान लिएपछि अहिले इजरायल र हमासबीच युद्ध भइरहेको छ । सोही हमासकोे आक्रमणबाट करिब १० नेपालीको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन् । इजरायलमा सकुशल रहेको नेपाली बिद्यार्थीलाई नेपाल सरकारले आज बिहान गरिक २५० जनालाई स्वदेश ल्याएको छ । यसै खुशीयालीमा आज बिहान त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा स्वदेश फिर्ता भएका आफन्त, परिवारजन र फिर्ता भएका बिद्यार्थीबीच खुसीको आँशु खसाल्दै अँगालोमा बेरिका दृष्य देखिन्थे । तर उनीसँगै रहेका सहकर्मी तथा सहपाठी १० जना साथीहरू गुमाउनुपर्दा उत्तिकै दुखी पनि देखिन्थ्य ।

आज बिहान ३ बजेतिर २५४ जना नेपाली सरकारले व्यवस्था गरेको चार्टर विमानमार्फत स्वदेश फर्किएका हुन् । उनीहरु फर्किँदा खुसीका साथै सहपाठी सहकर्मीहरु गुमाएको आँसुको माहौल पनि उस्तै थियो ।

परराष्ट्रमन्त्री साउदले आज नेपाल एयरलाइन्सको चार्टर उडानमार्फत २५४ जना नेपालीलाई स्वदेश ल्याइएको र अन्य नेपालीहरुलाई स्वदेश ल्याउन पनि आवश्यकता अनुसार इजरायल जहाज पठाउन सकिने बताए ।

अझै नियमित र चार्टर उडानमार्फत नेपालीहरुलाई स्वदेश ल्याइने प्रतिबद्धता जनाए । उनका अनुसार नेपाली दूतावासको अनलाइन प्रणालीमा ५५७ जनाले आफ्नो विवरण उपलब्ध गराएका छन् । जसमध्ये ५०३ जनाले नेपाल फर्किन अनुरोध गरेकामा आज २५४ जना स्वदेश फर्किएका हुन् ।

बिमानस्थलमा खुशी र रोधनका आँशुसँगै अंकमाल