विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा आज साँझ ५ बजेसम्म छ । यो बीचमा हिजो नेपाली काँग्रेसका ८ जना सांसदले बिद्रोह गरे एमालेसँग मिलेर बिद्रोही केदार कार्कीले एमालेका ३९ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा दावी पेश गरेपछि कोशीको राजनीतिले पेचिलो कोण लिएको हो । प्रदेश प्रमुखले आज बेलुकासम्म नयाँ मुख्यमन्त्रीको सफद दिइसक्नु पर्ने कानुनी व्यावस्था रहेको छ । तर आज दिनभर सत्ताको शक्ति कसको पोल्टामा पर्ने हो हेर्न भने बाँकी छ ।
हिजो बिहीबार मुख्यमन्त्रीको लागि सत्तारुढ दल सम्बद्ध ४७ सांसद हस्ताक्षरसहित माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बो र एमालेका ३९ र काँग्रेस शेखर समूहका ८ जना सांसद सहित ४७ सांसदको हस्ताक्षर सहित काँग्रेसका केदार कार्कीले प्रदेश प्रमुख समक्ष दाबी पेस गरिसकेका छन् ।
गठबन्धन र पार्टीको निर्णयको विरोध गर्दै विद्रोह गरेका कांग्रेसको शेखर कोइराला पक्षका कार्कीले दाबी पेस गरेपछि गठबन्धनको लागि नैतिक संकट उत्पन्न भएको छ । कार्कीको दाबी अस्वीकृत गराउने, उनको दाबी फिर्ता लिन लगाउने वा उनलाई समर्थन गरेका सांसदलाई कन्भिन्स गर्ने विकल्पमा कांग्रेसलगायत गठबन्धन दलहरू लागिरहेका छन् । त्यसका लागि कोशी काँग्रेस संसदीय दलले आजै कार्यसम्पादन समितिको बैठक बोलाएको छ । त्यसै बैठकले यस बारेमा निर्णय लिने बनाइएको छ ।
स्रोतका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवाले कोशी प्रदेशमा आफ्नो पार्टीबाट समानुपातिक कोटाबाट सांसद बनेका र कार्कीको पक्षमा मतदान गरेका तीन सांसदहरू इन्दिरा थापा, लिलाकुमारी राई र सुनिता कुमारी गुरुङलाई टेलिफोन गरेर हस्ताक्षर फिर्ता लिन आग्रह गरेका छन् ।
यस्तै गठबन्धनले राप्रपासँग पनि आजै छलफल गर्दै छ । राप्रपाको पदाधिकारी बैठकले कोशी प्रदेशको विषयमा के गर्ने भन्नेबारे आजै निर्णय गर्ने प्रवक्ता मोहन श्रेष्ठले बताए । राप्रपाको ठोस निर्णयपछि पनि कोशीको राजनीतिले थप नयाँ मोड लिन सक्ने बताइएको छ ।