Breaking News

माओवादीका नेताहरूलाई अपराधीकरण गर्न खोजिए वा दण्डित गर्न खोजिए अर्को जनयुद्ध गर्ने विप्लवको चेतावनी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी नेतृत्वलाई अपराधीकरण गर्न खोजिए अर्को जनयुद्ध गर्ने चेतावनी दिएका छन् । समाजवादी मोर्चाले झापामा गरेको सन्देश सभामा बोल्दै उनले माओवादीका नेताहरूलाई अपराधीकरण गर्न खोजिए वा दण्डित गर्न खोजिए अर्को जनयुद्ध गर्ने चेतावनी दिएका हुन् ।

GCI COLLEGE

‘जनयुद्ध लडेका नेताहरूलाई साम्राज्यवादीहरूले अपराधीकरण गर्न खोजिँदै छ । झुन्ड्याउन खोजिँदै छ । म चेतावनी दिन चाहन्छु । यदि त्यो चेष्टा गर्न खोजिए अर्को जनयुद्ध हुन्छ । त्यो पहिलाको जस्तो १० वर्ष लागेर हुँदैन । १० दिनमा अर्को जनयुद्ध हुन्छ । त्यसले सबैलाई बढारेर लैजान्छ’, उनले भने ।

आफूसँग भएको सम्पत्ति पार्टीलाई बुझाएर युद्ध गरेको माओवादी कसरी अपराधी भयो भन्दै उनले प्रश्न गरे ।