Breaking News

इजरायलबाट व्यवसायिक उडानमार्फत फर्किन चाहने नेपालीको हवाई टिकट सरकारले बेहोर्ने

काठमाडौँ । इजरायलबाट व्यवसायिक उडानमार्फत फर्किन चाहने नेपालीको हवाई टिकट सरकारले बेहोर्ने भएको छ । सरकारले चाटर्ड उडानमार्फत इजरायलमा रहेका विद्यार्थीहरूको उद्धार गर्दैछ । सोही आधारमा कोही व्यवसायिक उडानमार्फत आउन खोजेमा त्यसमा लागि लाग्ने हवाई टिकट सरकारले बेहोर्ने भएको हो ।

आज बसेको मन्त्रिपरिषद् बैठकले व्यवसायिक उडानमार्फत आउन चाहने नेपालीको हवाई टिकट सरकारले बेहोर्ने निर्णय गरेको कानुनमन्त्री धनराज गुरुङले बताए ।

इजरायल र गाजाबीचको युद्धका कारण १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । त्यस्तै ४ जना घाइते भएका थिए । एकजना सम्पर्कविहिन छन् । वेपत्ताको खोजी कार्य जारी रहेको सरकारले जनाएको छ । त्यस्तै चार जना घाइतेमध्ये २ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने २ जनाको उपचार भइरहेको छ ।

घर फर्किनका लागि २८० भन्दा बढी विद्यार्थीले अनलाइन आवेदन भरेका छन् । उनीहरूलाई लिनको लागि आज राति नेपाल एयरलायन्सको विमान इजरायल जाँदैछ । उक्त चार्टड विमानमार्फत नेपाली विद्यार्थी ल्याउन लागिएको हो । त्यस्तै कोही नेपालीहरूले व्यवसायिक उडानमार्फत समेत आउन चाहेको खण्डमा त्यसको खर्च सरकारले बेहोर्ने भएको हो ।