कपिलवस्तुका तीन जनामा कोरोना संक्रमित पुष्टि

३ जेठ, काठमाडौं । कोरोनाभाइरसका संक्रमित थपिने क्रमसँगै तीन जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार तीनै जना कपिलवस्तु शिवराज चन्द्रौटाका बासिन्दा हुन् । संक्रमितहरू २५ ३४ र ४४ वर्षीय उमेर समूहका पुरूषहरू हुन् ।

उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस सँगै कोरोना भाइरस संक्रमित संख्या दुई सय ७६ पुगेको छ ।
यसअघि शनिबारै ६ जना संक्रमित थपिएका थिए ।