शैक्षिक प्रमाणपत्रको आधारमा सुरुमै नगद दिने क्रार्यक्रम

३ जेठ, काठमाडौं । सरकारले अघिल्लो वर्ष शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने कार्यक्रम असफल भएपछि यो वर्ष सरकारले प्रमाणपत्रको आधारमा व्यवसाय सुरू गर्न नगद दिने कार्यक्रम ल्याएको छ ।

आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षित बेरोजगारलाई प्रमाणपत्रको आधारमा व्यवसाय सुरू गर्नका लागि सुरूआती पुँजी उपलब्ध गराइने घोषणा गरेकी छन् ।

यसरी सरकारले पुँजी उपलब्ध गराउँदा शिक्षासँग सम्बन्धित व्यवसाय गर्नका लागि परियोजना निर्माणमा पनि सरकारले नै सहयोग गर्ने उनको भनाइ छ । तर सरकारले बजेट ल्याइसकेपछि यसलाई के कसरी प्रभावकारी तरिकाले अगाढी बढाउछ त्यो भने भोलिका दिनमा भर पर्ने छ ।