Breaking News

नेपाल औषधि उत्पादक संघ (एपोन) ले औषधि सम्बन्धी बृहत् सम्मेलनको आयोजना गर्ने

काठमाडौँ । नेपाल औषधि उत्पादक संघ (एपोन) ले औषधि सम्बन्धी बृहत् सम्मेलनको आयोजना गर्ने भएको छ । आगामी असोज २५ गते ‘फार्मा कन्क्लेभ २०२३’ नामक् सम्मेलन आयोजना गर्न लागिएको एपोनका कार्यालय सचिव गणेश शर्माले
बताए ।

नेपाली औषधि उद्योगको विकास गर्न समयानुसार औषधिबारे कस्ता नीति बनाउने, औषधि बजारलाई सुधार कसरी गर्ने र अगामी दिनमा कसरी अगाडि बढ्ने विषयमा सम्मेलन केन्द्रित रहने सचिव शर्माले जनाए ।

यस सम्मेलनमा नेपाल, भारत, बंगलादेशलगायतका देशका विज्ञहरुको सहभागिता रहनेछ ।