Breaking News

मोहन बस्नेत : भरोसायोग्य व्यक्ति कर्मनिष्ठ नेता

राजनीति बिचारप्रधान कि कर्म प्रधान ? यो आम बहसको बिषय हो । कसैलाई बिचार प्रधान लाग्छ होला त कसैलाई कर्म
प्रधान ? वास्तवमा बिचार र कर्म राजनीतिमा एक सिक्काका दुई पाटा हुन् । बिचारले निर्देशित गर्छ भने कर्मले परिणाम दिन्छ ।
कार्लमाक्र्सद्वारा प्रतिपादित वर्गबिहिन समाज अर्थात साम्यवाद बिचार हो । त्यसैको जगमा उभिएर वीपी कोइरालाद्वारा प्रतिपादित प्रजातान्त्रिक समाजवाद बिचार हो । तर अंग्रेजं शासकका विरुद्ध भारतमा महात्मा गान्धीले चलाएको अहिंसा र शान्ति आन्दोलन कर्म हो । यसलाई पछि बिचारको रुपमा ब्याख्या गरियो । नेपालमा पनि पञ्चायत विरुद्ध कृष्णप्रसाद भट्टराई र महेन्द्रनारायण निधिले महात्मा गान्धीको यो पदमार्गको अनुशरण गरे ।
राजनीतिमा बिचार र कर्म दुबै एकदमै अपरिहार्य हुन् । जसले बिचार र कर्मलाई राजनीतिमा एकैसाथ डो¥याउने हिम्मत राख्छ ऊ सफल हुन्छ । धेरैजसो राजनीतिज्ञहरु सुबिचार भन्दा कुबिचार, सुकर्म भन्दा कुकर्ममा लाग्छन् तब राजनीति बदनामित
हुन्छ । त्यसैले त राजनीतिलाई फोहोरी खेल पनि भनिन्छ । होइन भने राजनीति सबैभन्दा उच्चतम सेवाग्राही कार्य हो । जनताका
आधारभूत आवश्यकता र राष्ट्रको स्वाधीनता बचाउने जनअपेक्षाको एकमात्र कडी राजनीति हो । मान्छेले राजनीति नगर्न सक्छन् तर राजनीतिबाट चाहेर पनि अलग रहन सक्दैनन् । यसर्थ राजनीति पनि जरुरी छ । देश र जनताको आमूल बिकास र समृद्धिमा राजनीतिज्ञको दिल सफा र स्वच्छ हुन पनि जरुरी छ ।
पूँजिवादी ब्यबस्थामा स्वच्छ र सफा दिल भएका राजनीतिज्ञहरु भेटिन मुस्किल पर्छ । तापनि केही राजनीतिज्ञहरु देश र जनताको लागि केही गरौं भन्ने आट गर्छन् ,प्रयत्न गर्छन् । बिरोध गर्नेको लागि बिरोध र आलोचना गर्नेको लागि आलोचनाबाट अलग रहन जोकसैलाई पनि अप्ठ्यारो छ यो मानवीय गुण हो । उहाँलाई नाना थरी लाञ्छना लाउनेहरुको ताती लामै छ । झन् कम्युनिस्ट नेता केशव बडालसँगको अन्तरबार्ताले त सायद एउटा पनि कम्युनिस्ट छैन होला उहाँलाई गाली नगर्ने । हक्की र
खरो स्वभावले गर्दा पनि उहाँ आलोचनाको घर हो भन्दा फरक नपर्ला । त्यति गर्दा पनि आम समुदाय र पार्टीका आम कार्यकर्ता बीच अधिक लोकप्रिय हुनुहुन्छ उहाँ अर्थात बर्तमान स्वास्थ तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत । उहाँ कर्मका कारण लोकप्रिय हुनुभएको हो । उहाँको कर्म जनसमस्यामा केन्द्रित हुन्छ । स्वास्थ राज्यमन्त्री हुँदाहोस् , सूचना तथा संचार मन्त्री हुँदाहोस् अहिले स्वास्थ तथा जनसंख्या मन्त्री हुँदा । पचास र एकाउन्न सालतिरको एउटा स्मृति । उहाँ सिंहदरबार भित्रको प्रतिनिधिसभा (ग्यालरी बैठक ) भवन अगाडि सेतो दौरा सुरुवाल, कालोकोट ,पाल्पाली ढाकाटोपी, हातमा कालो लेदरको ब्याग समातेको गोरो, खदिलो जिउडाल भएको ठिटो उभिदा त्यहाँ भएका जोकोहीको नजर त्यही ठिटोतिर पर्दथ्यो । कोही त्यो ठिटोलाई देखेर आपसमा खासखुस गर्थे । सिन्धुपाल्चोकमा पशुपतिशमशेरलाई टक्कर दिने कांग्रेसको नेता यही हो अरुले त सक्दै सक्दैनन् । बस्नेत काजिको छोरो पनि हो खाइलाग्दो पनि छ यही हो महसुर नेता भन्थे । म पुलिसको क्यान्टिनभित्र चिया र भुटनचिउरा खादै सुनिरहेको र हेरिरहेको हुन्थे त्यो बहादुर तन्नेरीलाई । सायद त्यतिबेला उहाँ कांग्रेसको जिल्ला स्तरीय नेता हुनुहुन्थ्यो । बिस्तारै मोहनबहादुर बस्नेतका दिन खुल्दै गए । जिल्लाबाट केन्द्रीय नेता बन्नुभो । पार्टीले बिश्वास ग¥यो टिकट दिदै गयो । जनताको मन र मस्तिष्कमा बसेर चुनाव पनि जित्दै जानुभो । उहाँले जति चुनाव जित्नुभो मन्त्री हुँदै जनुभो । मन्त्री भएर राम्रो काम गरेकाले जनता र कार्यकर्ताको वाहावाही बटुल्नुभो । उहाँसँग भेट भएपछि र कार्यशैली देखेपछि कार्यकर्ता भन्नथाले उहाँसँग ठ्याक्कै खुमबहादुरको स्टाईल छ । हुनत मोहन बस्नेतका नेता खुमबहादुर नै हुन् । खुमबहादुर खड्का जीवित हुँदा बस्नेतको काध खड्कालाई र खड्काको साथ बस्नेतलाई थियो भन्ने कुरामा आम कार्यकर्ता ज्ञातव्य छन् ।
मोहन बस्नेत मार्सल आर्टका बिद्यार्थी हुन् । खेलकुदमा पनि रुचि छ । खेलाडी भएकै कारण थकान भन्ने शब्द उहाँको हकमा लागु हुँदैन । जिल्लामा होस् या काठमाडौमा अथवा काठमाडौ बाहिर, जनताका समस्या समाधान गर्न खटिरहने बानी छ । राज्यमन्त्री हुँदा बिबाह भयो । कतिपयले कटु टिकाटिप्पणी गरे । मोहन बस्नेतले राणाकी छोरी बिबाह ग¥यो अब मोहन बिलासितामा जान्छ । तर त्यो आरोप आलोचकहरु का लागि मिथ्या सावित हुँदै गयो । केही राणाहरुमा बिलासिता भन्दा देश बिकासको चेतना असिम छ । श्रीमानको सफलतामा श्रीमतीको ठूलो हात हुन्छ । उहाँलाई पनि यस्तै सौभाग्यवति श्रीमतीको दरो साथ रहेको हुनुपर्छ । मोहन पटकपटक सभासद र मन्त्री हुँदा उहाँको श्रीमतीको अवाञ्छित रूपमा कतै नाम जोडिएको सुनिएन । मोहन बस्नेत सभासद नहुँदा पनि मानवीय कार्यमा सक्रिय रहेका समाचारहरु आइरहन्थे र आइरहन्छन् । तमाम जनसमुदाय यस कुरामा जानकार छन् । कोभिड–१९ को बखत मानवीय उद्वारमा नेपाली कांग्रेसको नेतामा कोही अग्रभागमा थियो भने उहाँ नै हो । आफ्नो जिल्ला र काठमाडौ बाहेक बाहिरका जिल्लाका कोरोना पीडितलाई ठूलो सहयोग गर्नुभो । त्यतिबेलाको एउटा मार्मिक घटना छ उहाँको पूण्य कर्मको ।
भक्तपुरको सल्लाघारिमा कालिकोट का १०र१५ जना कामदारहरु २ दिनदेखि भोकै रहेछन् । कताबाट मेरो फोन पत्ता लगाएछन् र फोन गरे मलाई । म भोलिपल्ट डाक्टर आरजु राणाले उपलब्ध गराइदिएको खाद्यान्न राजीबबिक्रम शाहको गाडीमा हालेर पु¥याउन जाँदा रुदै भने (नेताज्यू मोहन बस्नेत भन्ने कांग्रेसको नेता हुनुहुन्छ रे उहाँ पार्टी पनि भन्नुहुन्न रे जनताको सेवा गर्नुहुन्छ रे उहाँलाई भेटाइदिनु प¥यो कि हाम्रो पीडा भनिदिनु प¥यो । मैले त चिनेको नेता तर कालिकोटका सामन्य कामदार लाई पनि उहाँको परोपकारी कार्यबारे जानकारी भएछ । कोरोनाकालमा उहाँको सहयोगको चर्चा देशभर फैलियो । यतिमात्र होइन काठमाडौ महानगर पालिकाले सडक किनारामा ठेलामा मकै पोलिरहेकी महिलाको ठेला उछिट्ट्यायो । उनको जीवन निर्बाहाको सहारा यही ठेला रहेछ उनी रोइन । रुवाइ एकदमै दर्दनाक थियो । मोहन बस्नेतको हृदय छोयो भोलि बिहानै त्यो महिलालाई भेटेर ५० हजार दिनुभो । बानेश्वर संसद भवन बाहिर ऋणले थिचिएर पूर्बतिरका एक आचार्य थरका ब्यक्तिले दिउँसो नै आत्मदाहा गरे । उहाँले उसकी श्रीमतीलाई जागिर र छोराछोरीलाई पढ्ने ब्यबस्था मिलाइदिनुभो । सभासद अरुपनि थिए, नेता अरुपनि थिए, सम्पत्ति अरुसँग पनि थियो तर मनकारी मोहन बस्नेत मात्रै भेटिए । यस्ता थुप्रैछन् मोहनका लालमोहन जस्तै सुकार्यहरु ।
बर्तमान मन्त्रीपरिषदमा सबैभन्दा  राम्रो काम गर्ने मन्त्रीमा पर्नुहुन्छ मोहन बस्नेत । जनताको हितमा राम्रो काम गरेकैले हुनुपर्छ सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्री होस् त मोहन बस्नेत जस्तो भनेर खुलेर प्रसंशा गर्नुभो । यो एउटा ठूलो उपलब्धि हो उहाँ र उहाँको पार्टीका लागि । स्वास्थ मन्त्री हुँदा गगन थापाले पनि राम्रा जनपक्षीय काम नगरेका होइनन् । उहाँको पनि चर्चा हुँदैजाला । अझ थप मन्त्री मोहन बस्नेतले गरीब, दीनदुखी, असहाय जनताको पक्षमा ज्यादै राम्रा काम गर्नुभएको छ । त्यसप्रकारका बिपन्न बिरामीको लागी सरकारी अस्पतालमा निशुल्क बेड, नेता र उच्च कर्मचारीको पहुँचको आधारमा लामो समयसम्म फाइदाजनक ठाउँमा काजमा बस्ने सुखियाहरुको काज फिर्ता, कुनै प्लानमा बिदेश जान बञ्चित दुर्गम वा पहुँच नभएका कर्मचारीको लागि सहज रूपमा जान पाँउने ब्यबस्था, महिलाकोे प्रसूती सम्बन्धि घरमै बसि तुरुन्त थाहा पाउने मोबाइलमा एपको ब्यबस्था यी सब मोहन बस्नेतका स्रहानीय र उल्लेख्य कार्यहरू हुन् ।
मन्त्रालयको कार्यका अलवा जनता र कार्यकर्तालाई भेट्ने, काम गर्ने तरिका पनि उहाँको फरक छ । जुन तरिकाका कारण भेटघाट पछि कोही रुष्ट हुने अवस्था देखिदैन । कुनै निवेदनमा आवस्यक कारबाही (आका) उहाँको दाहिने हातले गर्दैगर्दैन कि हुन्छ कि हुँदैन । मोहन बस्नेतलाई नभेटेका र नचिनेका बाहेक भेटेका, चिनेका र देखेकाहरुले आह १ यस्तो पो मन्त्री यस्तो पो नेता भनेको सुनिन्छ । यसर्थ मोहन बस्नेतलाई देश, जनता र नेपाली काँग्रेसको भविस्यका लागि आशालाग्दा, भरोसालाग्दा नेताको रूपमा यो पुस्ता र पछिल्लो पुस्ताले समेत आकलन गरेको छ ।
लेखक: मोतीराज बम कालिकोट काँग्रेसका महासमिति सदस्य  हुनुहुन्छ ।

लेखक : मोतीराज बम