Breaking News

एमालेको कर्णाली प्रदेश प्रथम अधिवेशन : मतदान भोलि बिहान ८ बजेबाट

१३ असोज, सुर्खेत । नेकपा एमालेको कर्णाली प्रदेश प्रथम अधिवेशन शुरु भएको तीन दिन बितिसेको छ । उद्घाटन भएर बन्दसत्र सुरु हुन पनि ९ घन्टा लागेको थियो भने निर्वाचन प्रक्रियामा जान त एक दिन नै लागेको छ । आज बिहानबाट मतदान हुने भनिए पनि विविध कारण देखाउँदै भोलि बिहान ८ बजेबाट गर्ने गरी सूचना टाँस गरिएको छ ।

नयाँ नेतृत्व चयनका लागि भन्दै सहमतिका लागि हिजो आज दिनभरको प्रयास सफल नभएपछि साँझ मतदान गर्ने तयारी
थियो । तर सुरक्षाको कारण देखाउँदै भोली आइतबार विहानका लागि सारिएको बुझिएकोे छ। मतदान भोलि आइतबार विहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सुर्खेतको सिटी हलमा हुने कार्यक्रम तय भएको छ ।

केही क्षण अघि सकिएको अध्यक्ष मण्डलको बैठकले आज दिनभर वीरेन्द्रनगर तनावग्रस्त छ । राति अँध्यारोमा सुरक्षाको दृष्टिकोणबाट उपयुक्त नभएपछि भोलि विहान ८ बजेदेखि गर्ने निर्णय भएको अध्यक्ष मण्डलका एक सदस्यले बताए ।

एमालेको कर्णाली प्रदेश अध्यक्षका लागि तीन, उपाध्यक्षका लागि तीन, सचिवमा दुई, उपसचिवमा तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ । प्रदेश अध्यक्षका लागि कालीकोटका प्रकाश रोकाया, सल्यानका गुलाबजंग शाह र कालीकोटकै मीनबहादुर शाहीले उम्मेद्वारी दिएका छन् । गुलाबजंग र मीनबहादुरले प्यानल नै बनाएर चुनावमा भिड्दै छन् भने प्रकाश रोकायाले एक्लै अध्यक्षमा उम्मेदवारी दिएर लड्दै छन् ।

शाह स्थायी कमिटी सदस्य यामलाल कँडेल समूहका हुन् भने शाही गोरख बोगटी समूहका हुन् ।