बलम्बु सतुंगलकी सात वर्षीया बालीका सहित ९ जनामा कोरोना संक्रमित पुष्टि

२ जेठ काठमाडौं । आज शुक्रबार  गरिएको परीक्षणमा ७ वर्षीय बालकसहित ९ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ ।

राष्ट्यि जनस्वास्थ्य प्रयोगशाला टेकु, वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र भेरी अस्पताल, नेपालगंजमा गरिएको परीक्षण अनुसार नयाँ पृष्टि भएको संख्या नौ छ ।
जो पर्सा, बिरगंज, निवासी ९ र १० वर्षीया बालक, २३ र ४७ बर्षीया महिला, उदयपुर, त्रियुगा नगरपालिका निवासी २५ वर्षीय पुरुष, दाको गढवा ४,५ र तुल्सीपुर ७ निवासी २३,३६,३४ वर्षीया पुरुषहरु काठमाण्डौं सतुंगल निवासी ७ वर्षीय बालक रहेको पृष्गि गरिएको छ ।

यो संख्या संगै  नेपालमा कोरोना संक्रमितको संख्या २ सय ६७ पुगेको छ ।