दाङ जिल्लामा पहिलो पटक दुई जनामा कोरोना संक्रमित भेटिए

२ जेठ काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या बढ्ने क्रममा आज दाङ जिल्लामा दुई जनामा कोरोनाको संक्रमण पुष्टि भएको
छ ।

गढवा गाउँपालिका निवासी २३ वर्षीय र ३६ वर्षीय युवामा कोरोना संक्रमण भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति डा संगीता भण्डारीले पुष्टि गरिन् ।

उनीहरु लमहीको क्वारेन्टिनमा बस्दै आएका छन्। उनीहरु केही दिन पहिले भारतबाट आएका हुन्। दाङमा यो नै कोरोना पुष्टि भएको पहिलो पटक हो ।

गढवा गाउँपालिकाकी उपाध्यक्ष शान्ति चौधरीले पनि दुई जनामा कोरोना पुष्टि भएको खवर प्राप्त भएको जानकारी दिइन् ।

योसहित मुलुकभर कोरोना संक्रमितको संख्या २६० पुगेको छ । जसमा ३६ जना निको भएका छन्।