Breaking News

कान्ति बाल अस्पतालमाथि छानबिन गर्न एमाले सांसदको माग

काठमाडौं । नेकपा एमाले सचेतक एवं सांसद महेश बर्तौलाले कान्ति बाल अस्पतालको लापरबाहीका कारण ५ बर्षीया बालिकाको निधन भएको भन्दै त्यसको जिम्मेवारी अस्पतालका निर्देशकले लिनुपर्ने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बर्तौलाले रेजिशा गोपालीको चरम लापरबाहीका कारण मृत्यु भएको भन्दै उक्त घटनाको जिम्मेवारी अस्पताल प्रशासनले लिनुपर्ने बताए । उनले भने, ‘यो घटनाको जिम्मेवारी अस्पतालका निर्देशकले लिनुपर्छ कि पर्दैन ?’ उनले भने, ‘त्यतिमात्रै होइन, स्वास्थ्यमन्त्रीले यो संसदमा आएर यो बताउनुपर्दथ्यो । देशभरका अस्पतालमा यस्ता बेथिति भइरहेको आइरहेको छ ।’

सांसदमार्फत सरकारलाई कान्ति बाल अस्पतालका निर्देशक र अस्पताल व्यवस्थापन समितिमाथि अनुसन्धान गर्दै दोषीलाई कारबाही गर्न उनले माग गर्दै पीडितलाई न्याय दिन र यस्ता घटना दोहोरिन नदिनतर्फ सरकारको ध्यानाकर्षण गराए ।