Breaking News

सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण भएको विषयमा काँग्रेस सांसदद्धारा गृहमन्त्रीसँग जवाफ माग

कांग्रेसले सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण भएको विषयमा गृहमन्त्रीसँग जवाफ मागेको छ।

आजको प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोलेका सांसदसमेत रहेका महामन्त्री गगन थापाले यो घटनामा संलग्नमाथि गहिरो अनुसन्धान गर्न माग गरेका छन्। हिजो दिउँसो भृकुटीमण्डपमा नुवाकोट घर भएका श्याम सापकोटाले खुकुरी प्रहार गरेका थिए।

यस घटनालाई लिएर महामन्त्री थापाले आजको प्रतिनिधि सभामा बोल्दै भने, ‘कोही जलाइदिन्छु भन्छ, कोही खुकुरी हान्छ, के हामीले एक्लै हिँड्न नमिल्ने भएको होरु काठमाडौंमा संविधानसभाको सदस्य भएको व्यक्ति सार्वजनिक कार्यक्रममा सहभागी भएर आउँदै गर्दा उ सुरक्षित छैन भने प्रधानमन्त्री र गृहमन्त्रीलाई यो विषयले पोल्नु पर्छ कि पर्दैन ?’

थापाले समाजको असन्तुष्टिलाई देखाएर समाजमा हिंसालाई प्रोत्साहन गर्ने अभिव्यक्ति, घटना वा हिसांत्मक गतिविधिहरूलाई कुनै न कुनै तरिकाले प्रश्रय दिन नहुने बताए।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सहमहामन्त्री यादवमाथि ज्यान मार्ने उद्देश्यबाट आक्रमण भएको संसदमा बताए ।

‘आक्रमणकारीको उद्देश्य ज्यान मार्ने नै हो भन्ने देखिन्छ। क्रुरतापूर्ण, सांघातिक र बर्बर खालको प्रहार भएको छ,’ लेखकले भने, ‘कांग्रेसका तर्फबाट यो आक्रमण घटनाको घोर निन्दा गर्न चाहन्छु। यसमा पक्राउ परेकालगायत अरू पनि मानिसको संलग्नता रहेको भए छानबिन गरी कडा कारबाही गर्न नेपाल सरकारसँग माग गर्दछु।’

उनले सहमहामन्त्री यादवमाथि भएको घटना सामान्य नभएको बताए। ‘म गृहमन्त्रीलाई प्रतिनिधि सभा बैठकमा यस घटनाका विवरण र अहिलेसम्म भएका कामबारे जानकारी गराउन माग गर्दछु ।