काठमाण्डौं दहचोकका ७ वर्षीया बालक सहित तीन जनामा कोरोना संक्रमित भएको पुष्टि

१ जेठ काठमाण्डौं । कोरोना संक्रमित थपिने क्रमसँगै आज पनि तीन जना कोभिड १९ का संक्रमित थपिएका छन् । आज बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो कुराको जानकारी दिएको हो ।
संक्रमितहरुका काठमाण्डौस्थित दहचोक निवासी ७ वर्षीय बालक, जनकपुरस्थित धनुषा निवासी १७ वर्षीय युवती र धादिकी ३० वर्षीया महिला रहेको स्वास्त्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सगै संक्रमितको संख्या २ सय ४९ पुगेको छ । त्यस मध्यमा ३६ जना निको भएर घर गएका छन् ।