२०४३ सालको स्थानीय निर्वाचनमा भाग लिएर स्थानीय निकाय कब्जा गर्ने नेपाली काङ्ग्रेसको रणनीति अनुरुप तत्कालीन मध्यपश्चिमको सुर्खेत बीरेन्द्रनगर नगरपालिकाको जनपक्षीय उम्मेदवार बनेर प्रधानपञ्चमा निर्वाचित पूर्णबहादुर खड्का नौ महिनापछि निलम्बनमा परे । नेपाली काङ्ग्रेस र बहुदलबादी नेता भएकै कारण पञ्चायतको कोपभाजनमा परेका खड्का बहुदलीय ब्यबस्था प्राप्ति पश्चात् पार्टी र सरकारमा निरन्तर सक्रियछन् । पार्टीको चौधौं महाधिवेशनमा उपसभापति बनेका बर्तमान सरकारमा पार्टीको नेतृत्व गर्दै सरकारको उपप्रधानमन्त्री र रक्षामन्त्रीछन् । कर्णाली प्रदेशमा पार्टी र सरकारको उच्च तहमा पुग्ने संभवतस् खड्का नै पहिलो ब्यक्तिहुन् ।
ल त्यसकारण पनि कर्णालीको राजनीतिमा खड्काको नाम जोडिनु अस्वभाविक ठानिदैन । बिबादास्पद ब्यक्तिलाई कर्णाली प्रदेशको सभापति बनाएपछि खड्कालाई पनि झड्का लागेको हुनुपर्छ । केन्द्रको निर्देशन नमान्ने, गठबन्धनको विपक्षमा उभिने र सुक्ष्म समिक्षा नगरी स्थानीय चुनावमा टिकट बितरण गर्दा काङ्ग्रेसको पकट मानिएको बिरेन्द्रनगर नगरपालिकामा ९ खड्काको आफ्नै ० काङ्ग्रेसले नमिठो हार ब्यहोर्नु पर्योन । एउटा अफ्रिकी उखान छ । भेडाले नेतृत्व गरेको सिंहको बगाललाई सिंहले नेतृत्व गरेको भेडाको बगालले हराइदिन्छू भन्दा असाध्य अप्रिय छ तर कर्णालीमा त्यही भयो । कर्णाली प्रदेशको काङ्ग्रेस नेतृत्व सच्चिन जरुरी छ । बादप्रतिबादमा उत्रिनु भन्दा पनि आलोचनालाई सुझावका रूपमा अंगीकार गरि सर्वत्र पार्टीको हितमा लाग्नुपर्छ । एकले अर्कालाई सिद्व्याउने खेलका कारण कर्णाली काङ्ग्रेसमा केही अमिला दृश्यहरु देखापरे जसले उन्नति भन्दा अवनति पर्गेल्ने काम गर्योङ । ०७४ मा एक्लै जितेर काङ्ग्रेसको नाक जोगाएका जीवनबहादुर शाहीसँग यतिबेला १४ अरु साथमाछन् । यस्तोबेला आउनेलाई स्वागत गर्न हतारिनु पर्छ । तर त्यसो नहुदा घाटा सबैलाई हो । सरकार निर्माण पूर्व र स्थानीय अनि प्रदेश संघको निर्वाचन वरिपरि कर्णाली काङ्ग्रेसमा देखिएका केही अमिला दृश्यहरुलाई यसरी बुझ्न सकिन्छ ।
परिदृश्य एक स् ललितको लालसा( प्रदेशसभाको निर्वाचनमा अघिल्लो कार्यकालमा मुख्यमन्त्री भएर केही जनपक्षीय काम गरेको र आफ्नो कार्यकालका अधुरा कामहरू पुरा गर्न जीवनबहादुर शाही पुनः मुख्यमन्त्रीमा दोहोरिनु अस्वभाविक थिएन । कर्णाली प्रदेशका आम कार्यकर्ताको चाहना पनि बहुमत काङ्ग्रेसको मुख्यमन्त्री बनेर कर्णालीमा काङ्ग्रेसको इतिहास रचियोस भन्ने थियो । नेता,कार्यकर्ता र सर्वसाधारण शुभचिन्तकको शुभेच्छाले जीवन शाही प्रदेशमा नै लड्ने मनस्थिति बनाएर बसेका थिए । यसपटक चुनाव जित्न उनलाई गाह्रो पनि थिएन निश्चित जस्तै थियो । यो कुरा जगजाहेर हुँदाहुँदै प्रदेश सभापति ललितजङ्ग शाही त्यही आशा पालेर अरु विकल्प हुँदाहुँदै जुम्लामा प्रदेशसभामै लड्नु बिल्कुलै गलत थियो । उनको मनोबिज्ञानले प्रचारित गरिरहेको निहितार्थलाई मलजल गर्दै चुनावी आमसभामा भावी मुख्यमन्त्री ललित शाही भनी भाषण गरिनुले पनि यो मोहजालको पुष्टि हुन्छ । उनी काङ्ग्रेस पार्टी भित्र कस्ता पात्र हुन् भन्ने कुरा देश दुनियाँलाई अवगत छ । राजनीतिका चतुर खेलाडी उपसभापति खड्कालाई भ्रमजालमा पारेर प्रदेश सभापति बनेका शाहीको लालची व्यबहारले आफूलाई मात्र सिद्व्याएन कर्णालीको काङ्ग्रेस पार्टीमा नै उल्टो तरंग ल्याइदियो । शीत युद्वको झल्को दिने यस्तो प्रवृत्तिले कर्णाली काङ्ग्रेसमा प्रवेश पाँउनु निश्चय पनि सुखद कुरा होइन ।
परिदृश्य दुईस् राजीवको उम्मेदवारी ( जाजरकोटबाट निर्वाचित प्रदेश सभासद राजीवबिक्रम शाहले आफ्नो धरातल नै नबुझी संसदीय दलको नेतामा उम्मेदवारी दिन्छु भन्नु र फेसबुक पेजमा घोषणा गर्नु अर्को ताण्डव थियो । नजिकका देउताको अपमान गरेर सिधै इन्द्रको आशिर्वाद प्राप्त गरे भन्नु राजनीतिमा थामी नसक्नु भुल हुँदो रहेछ । राजीवमा देखिएको यो अपरिपक्वताले ब्यक्ति, सस्था र अन्य समाज कसैको लागि हितकर देखिएन र भएन । तार्किक निश्कर्षमा नपुगिने यस्ता केटौली निर्णयले ब्यक्तिमा बैमनश्यता बाहेक अरु प्राप्त हुँदैन । त्यही भएको छ कर्णाली प्रदेशमा ।
परिदृश्य तीन स् माओवादीलाई बिश्वासको मत नदिनु ( कर्णाली प्रदेशका १० वटा जिल्ला मध्य जुम्ला बाहेक सबै जिल्लामा केन्द्रीय निर्देशन बमोजिम गठबन्धन दलसँग सौहार्दपूर्ण बाताबरणमा चुनाव सम्पन्न भयो । कर्णालीमा अरु दल छैनन् दुइटा मात्रहुन् काङ्ग्रेस ( माओवादी । चुनाव सकिएपछि पनि दुबै पार्टीका आम कार्यकर्ताको चाहाना थियो सरकार संयुक्त नै बनोस् । पहिला केन्द्रमा सम्झौता तोडियो र कार्यकर्तामा व्यापक निराशा छायो । तथापि पनि केन्द्र सरकारमा काङ्ग्रेसले बिश्वासको मत प्रचण्डलाई दियो । अन्य ६ प्रदेशमा पनि काङ्ग्रेस ( माओवादीको रथ संगै थियो । तर कर्णाली प्रदेशमा भने काङ्ग्रेस भिन्न ढंगमा देखा पर्योश । माओवादी सरकारलाई बिश्वासको मत दिइएन । चुनावताकाको काङ्ग्रेस ( माओवादी बीचको सुमधुर सम्बन्धमा चिसोपना आयो । केन्द्र एकातिर प्रदेश अर्कोतिर उभिदा आम कार्यकर्ताको इच्छा माथि तुषारापात त पर्यो पर्योर केन्द्र र प्रदेश बीच मतभेदको नमिठो रेखा कोरियो । यसको घाटा प्रदेशले ब्यहोर्नु पर्ने परिस्थिति आयो ।
परिदृश्य चार स् केन्द्रमा बिरोधका स्वर ( संसदीय दलमा संसदलाई के कस्तो जिम्मेवारी दिने भन्ने सम्पूर्ण अधिकार दलको नेतालाई हुन्छ । सुझाव र सल्लाह फरक बिषय हो । कर्णाली प्रदेशमा दलका नेता जीवनबहादुर शाहीलाई केही मुक र अमुक पात्रबाट प्रभावित पार्ने काम भयो । यतिमात्र होइन केन्द्रीय सभापतिलाई समेत गुमराहामा पार्ने काम गरियो । उपसभापति खड्कालाई समेत बिबादमा पारियो । त्यहाँ खासै केही भएको थिएन । प्रथम चरणमा तीन जना त्यसपछि पालैपालो जिम्मेवारी दिने सहमति थियो । केही सभासद प्रथम चरणमै जान हतारिए र पावर शो गर्न थाले । प्रदेशमा नै बसेर दलभित्रबाट आपसी सरसल्लाहमा टुङ्गो लगाउनु पर्ने बिबाद केन्द्रमा ल्याएर छताछुल्ल पारियो । यसले झन विवाद सिर्जना गर्योग । आफ्नै दलमा बोलचाल बन्दको स्थिति पैदा गरियो ।
परिदृश्य पाँचस् निलम्बन फुकुवाप्रति आपत्ति( जुम्लाको प्रदेशसभा क्षेत्र नम्बर क मा जनभावना बिपरित टिकट लिएर चुनाव लडेका काङ्ग्रेसका आधिकारिक उम्मेदवार विरुद्ध जनभावनाको उच्च मुल्यांकन गर्दै बिद्रोह गरि परिणाम हात पार्न सफल प्रदेश माननीय देबेन्द्रबहादुर शाहीको निलम्बन केन्द्रीय अनुशासन समितिले फुकुवा गर्योप । जुम्लाको सम्पूर्ण धरातल बुझेर सभापति शेरबहादुर देउवाको निर्देशनमा बिधान बमोजिम निलम्बन फुकुवा भएको हो । तर लोकप्रियताको मापन के हो रु विधि र बिधानको मर्म के हो रु लोकलाज र लोकधर्म के हो रु यसलाई मध्य नजर नगरिकन आफ्नो मात्रै कुरा ठिक भन्ने हठ संसारमा कहिँपनि पाच्य र योग्य छैन र हुँदैन पनि । सस्था भन्दा ठूलो ब्यक्ति कहाँ होलार रु यि सब कुराको जानकार हुँदाहुँदै निलम्बन फुकुवा प्रति आपत्ति प्रकट हुनु समस्याको जड जिवित छ, तुषको आगो निभेको छैन भनी जनाउ दिनु हो ।
अब देबेन्द्रबहादुर शाहीलाई कर्णाली प्रदेश काङ्ग्रेस संसदीय दलमा पन्ध्रौं सभासदको उपमा दिएर स्वागत गर्नुको बिकल्प नहोला । काङ्ग्रेसको भलाइ पनि यसैमा छ । बेलैमा सबैको सद्बुद्दी पलावस । पुच्छरले कुकुर होईन कि कुकुरले पुच्छर हल्लावस ।
निष्कर्ष स् बिगतको तुलनामा संगठनमा अत्यन्त राम्रो देखिएको कर्णाली प्रदेशको काङ्ग्रेस पार्टीमा यस्ता खालका विभेद, मतभेद,असहमति,बिमती,अन्तरसङ्घर्ष हुनु बेठीक होइन लोकतान्त्रिक पार्टीमा यो हुनैपर्छ । तर फरक मत राख्दैमा त्यसलाई उठ्नै नसक्ने गरि पेल्नु अतिशय हो, अत्याचार हो । यसप्रकारका तानाशाही सोचले पार्टीको उत्थान होइन पतन निश्चित हुन्छ । हिजोका तिक्ततालाई बिर्सेर अब पार्टीलाई कसरी बलियो बनाउने रु नेता कार्यकर्ताको ब्यबस्थापन कसरी गर्ने रु यसको जिम्मेवारी कसले लिने वा कसलाई दिने रु यावत कुराहरूमा निर्मम समिक्षा
हुनुपर्छ । खासगरी उपसभापति पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य तथा पूर्व मुख्यमन्त्री जीवनबहादुर शाही, पूर्व केन्द्रीय सदस्य हृदयराम थानी र प्रदेश सभापति ललितजङ्ग शाही गम्भीर हुन जरुरी देखिन्छ । यि चार नेता एक ठाउँमा उभिए भने कुनै कार्यकर्ता कसैका बिरुद्ध औंला उठाउने छैन र कर्णाली प्रदेशको काङ्ग्रेस फलिभूत हुने कुरामा दुइमत छैन । यसो नगरी नेता स्वयं टिम बनाउदै हिंड्ने,असहमतलाई पेल्दै जाने,पद र पावरको दुरुपयोग गर्ने , केन्द्रीय पार्टीको निर्देशन नमान्ने, सस्था कमजोर बनाउने ब्यक्ति मोटाउदै जाने , ब्यक्तिको गुणगान गाउने पुरस्कृत हुँदै जाने,कार्यकर्ताको मनोभावना, मर्म,पीडा नबुझ्ने,कार्यकर्ता भित्र पनि आफ्ना खोज्दै जाने प्रवृत्ति प्रचलनमा व्यापक सुधार नहुने हो भने कर्णाली प्रदेश काङ्ग्रेसको भविष्य उज्ज्वल छ भन्न सकिने अवस्था छैन ।
हिमालयटाइम्सबाट