जिल्लाभित्रमा सवारी संचालन गर्न दिइएको पास पनि खारेज

१ जेष्ठ, काठमाडौं । यस अघि जिल्ला बाहिर जानेलाई दिइएको पास मात्र खारेज भएको जनाएको गृहले आज जिल्लामाभित्र पनि संचालन गर्न दिइएको पास पनि खारेज गर्ने निर्णय गरेको छ ।
गृहमा आज बिहीबार बसेको बैठकले जिल्लाभित्र लागू हुने गरी प्रशासनले वितरण गरेको पास पनि खारेज गर्ने निर्णय गरेको हो । गृह मन्त्रालयका उप–सचिव उमाकान्त अधिकारीले अनलाइनखबरसँग भने, ‘शनिबारबाट लागू हुने गरी यो निर्णय गरेका हौं ।
यसअघि गृहले एक जिल्लाबाट अर्को जिल्ला हिँड्ने गरी वितरण भएका सबै पास बिहीबारबाट खारेज गरिसकेको छ । सवारी पास लिएका हिँडेका व्यक्तिमा पनि कोरोनाको संक्रमण देखिन थालेपछि गृहले थप कठोर बन्ने निर्णय गरेको अधिकारीहरू बताउँछन्