सडकमा सुरक्षाकर्मीको कडा चेकजाँच र सोधपुछ

१ जेष्ठ, काठमाण्डौ । कोरोना भाइरसको संक्रमितहरुको संख्या अचाजनक बढेसँगै आजबाट काठमाडौं उपत्यकामा प्रहरीले व्यापक चेकजाँच र कडाई गरेको छ । सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले सवारीसाधन चेकजाँच गर्नुका साथै गुडिरहेका र हिडिरहेका सवारी साधान र मान्छेलाई रोकेर सोधपुछ र चेकजाँच हिजो अस्तिको भन्दा अलि कडा गरेको छ ।

गएको बैशाख शुक्रबारदेखि ४४ प्रकारका उद्योग सञ्चालन गर्न सरकारले अुनमति दिएपछि उपत्यकामा चहपहल ज्यादैमात्र बढेको बढेको थियो । तर एकाएक कोरोना संक्रमित थपिएपछि गृह मन्त्रालयले सबै पास रद्द गर्ने निर्णय गर्दै एक जिल्लाबाट अर्को जिल्लामा आवतजावत गर्न नदिने देशभर सर्कुलर गरेको थियो ।

सरकारको निर्देशन अनुरुप नै जिल्ला प्रशासन कार्यालय काठमाडौंले यसअघि जारी गरिएका सम्पूर्ण अन्तरजिल्ला पास खारेज गरेको थियो । त्यसको प्रभाव हिजो आज सडकमा कमै मात्रामा सवारी साधन कुदेका र मान्छेहरु पनि कम हिडिरहेका छन् ।