एनआइसी एशिया बैंकद्धारा जेठ महिनामा पनि कर्जा ब्याजमा १० प्रतिशत छुट दिने

१ जेष्ठ, काठमाण्डौ । एनआइसी एशिया बैंकले ऋणीहरुलाई जेठ महिनामा समेत कर्जाको ब्याजमा १० प्रतिशत छुट प्रदान गर्ने भएको छ ।
एनआइसीले नेपाल राष्ट्र बैंकद्वारा मिति २०७७ वैशाख १६ गते कोभिड–१९ बाट ऋणीहरुमा परेको असर न्यूनीकरण गर्न २०७६ चैत्र मसान्तसम्म कायम ब्याज दरमा २५ ब्याज सहुलियत दिन गरिएको निर्देशनको कार्यान्वयन गर्ने जनाएको छ ।
बैंकले २५ ब्याज सहुलियतको अलावा ऋणीहरुले वैशाख महिनासम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण किस्तारब्याज रकम वैशाख मसान्तभित्र पूर्ण रुपमा चुक्ता गरेमा सम्पूर्ण ब्याज रकममा थप १०५ छुट तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुटको योजना आफ्ना ग्राहकहरू समक्ष ल्याएको छ ।
कोभिड–१९ महामारीबाट सम्पूर्ण ऋणीहरुलाई परेको असरको मूल्यांकन गर्दै यस बैंकले आफ्नै प्रयासबाट जेठ महिनाका लागि समेत १०५ छुटको योजना लागू गर्ने सम्पूर्ण ग्राहकहरुलाई जानकारी गराएको छ ।
जसअनुसार नेपाल राष्ट्र बैंकले व्यवस्था गरेको कर्जामा २५ ब्याज छुटको अलावा जेष्ठ महिनासम्ममा तिर्नुपर्ने सम्पूर्ण बक्यौता रकम सोही मसान्तभित्र पूर्ण रुपमा चुक्ता गरेमा सम्पूर्ण ब्याज रकममा १०५ छुट तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुटको योजना बैंकले आफ्ना ग्राहक महानुभावहरू समक्ष ल्याएको छ ।