लकडाउन भित्रै सडक र धावनमार्गमा निर्माण कार्य तिब्र

१ जेष्ठ, काठमाण्डौ । कोरोना लकडाउनको समयमा उपत्यकाका सडक र त्रिभुवन अन्तर्राष्ट्यि विमानस्थनको धावन मार्गमा धामधम काम हुँदै । कोरोना भाईरसले पुरै देश ठप्प भएपछि कुनै यातायातका साधन नकुद्ने र हवाई मार्गमा जहाज समेत नउठ्ने भएपछि सरकारले त्रिभुवन अन्तर्राष्ट्यि धावनमार्गमा पिच गर्ने काम धामधम भइरहेको छ भने काठमाण्डौं उपत्यकाका सडकहरु मर्मत कार्यका साथै स्तरउन्त्तोर हुने क्रममा निर्माण कार्य भइरहेको छन् ।

काठमाण्डौंको पुतली सकडक खण्ड पानी परेपछि जहिले पनि ढल बुझिएर पानीको ताल नै पर्ने भएकाले सो सकडक खण्डमा आवतजावत नै बन्द गरेर निर्माण कार्य भइरहेको छ । त्यस्तै चावहिल बौद्ध जोड्ने र चाहिल गोपीकृष्ण जोड्ने सडक खण्ड पानी परेपछि हिलाम्मै र घाम लागेछि धुलाम्मै हुने सो सडक खण्डको पनि निर्माण कार्य धमाधम भइरहेको छ । त्यस्तै काठमाण्डौं उपत्यकाका कयौं सडक अहिले निर्माण कार्य भइरहेको र निर्माण कार्य सम्पन्न भएका सडकहरु चिल्ला र लोभलाग्दा देखिन थालेका छन् ।

पहिला सडकभरी सवारी साधन गुड्नाले सडक पेटी र वरीपोरी भएका बोट बिरुवा धुवा र धुलोले सेताम्कै हुने गरे थिए भने अहिले सडक पेटी चिल्ला सफा र बोटविरुवाहरु चिप्ला हरियाली ले काठमाण्डौं उपत्यकाको सोभा नै रमणीय बनाएको छ । सावारी साधन समेत नकुद्ने र मानिसको आवतजावत समेत नभएपछि वातावरण नै सफा र सुग्घर नहुने कुनै भएन त्यसमा पनि सरकारले भत्केका र खाल्टाखाल्टी परेका सडकलाई मर्मत कार्य गरेर चिप्ला बनाएपछि उपत्यकाको स्वरुप नै बदलिदिएको छ ।