सतुंगलस्थित शसस्त्र प्रहरी क्याम्पका एक जना जवानमा कोरोना भाइरस संक्रमित

१ जेष्ठ , काठमाण्डौ । चन्द्रागिरि नगरपालिका १२ सतुंगलस्थित सशस्त्र क्याम्पमा कार्यरत एकजना जवानमा आज बिहीबार कोरोनाभाइरस संक्रमण पुष्टि भएको खुलेको
छ ।
यसअघि बुधबार चन्द्रागिरि ९ मा भेटिएकी कोरोना संक्रमित महिलासँगै उनी पनि काठमाडौं आएका थिए । ती दुईसहित आठ जना गत वैशाख २९ गते कञ्चनपुरबाट प्राइभेट गाडीमा काठमाडौं आएका थिए ।
‘तीमध्ये अहिलेसम्म दुई जनामा कोरोना पुष्टि भएको छ’, चन्द्रागिरि नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले भने,‘अरूको भने जाँच गर्न बाँकी रहेको बताए ।
३२ वर्षीय ती शसस्त्र प्रहरी जवान आएलगत्तै सेल्फ क्वारेन्टाइनमा बसेका थिए ।
उनको अहिले सशस्त्र प्रहरी अस्पताल सतुंगलको आइसोलेसन वार्डमा उपचार भइरहेको छ