पत्रकार रेमश महतारामाथि भएको धम्की र सामाजिक सञ्जालमा चरित्रहत्या बारेमा नेपाल पत्रकार महासंघ ललितपुर शाखाद्धारा घोर भत्र्सना

प्रेस विज्ञप्ती

 मिति २०७७/०२/१

हालै केही दिन अघि मात्र बाजुरा जिल्ला स्वामीकार्तिक खापर गाउँपालिका का अध्यक्षको प्रत्यक्ष निर्देशनमा उनका सहयोगीले सोही पालिका स्थानीय तथा पत्रकार रमेश महतारालाई राहत तथा मजदुरको सवालमा रिर्पोट गरेर प्रकाशन र प्रशारण गरिएको समाचारको खिलापमा चित्त नबुझे प्रक्रियागत कानुनी र पत्रकारको सम्बन्धित निकाय प्रेस काउन्सिल नेपालमा उजुरी र निवेदन दिनुको सट्टा पत्रकार महताराको सामाजिक संञ्जालबाट चरित्र हत्या गर्ने, जतिखेर पायो त्यतिखेर फोन गरेर मनलाग्दी शब्द प्रयोग गरेर मानसीक टर्चर दिने, परिवारलाई समेत जोडेर चरित्र हत्या गर्ने जस्ता कार्य भईआएकाले नेपाल पत्रकार महासंघ लतिलपुर शाखाको ध्यान केन्द्रिति भएको छ ।

पत्रकार महताराले राहत वितरणमा पनि राजनीति गर्दै, वास्तविक पीडितले राहत पाएनन्’ शीर्षकको समाचारको विषयलाई लिएर चरित्र हत्या र मानसीक यातना भोगिरहेका नेपाल पत्रकार महासंघ ललितपुर शाखाका सहसचिव तथा हाम्रो अनलाइन र छापामार साप्ताहिकका प्रधानसम्पादक समेत रहेका रनसुर महतरा (रमेश) लाई स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी शाहीले आफ्ना नजिकका रोशन शाही, आफुलाई संञ्चारकर्मी बताउने अनिल शाही लगायतले फोन मार्फत् धम्काउने र सामाजिक सञ्जालमा जथाभावी लेखी चरित्र हत्या गर्न खोजिएको घटनाप्रति नेपाल पत्रकार मभहासंघ, ललितपुरको गम्भीर ध्यानाकर्षण भएको छ ।
समाचारमा चित्त नबुझे सोही मिडियामा खण्डन छपाउने, त्यो सम्भव नभए प्रेस काउन्सिल लगायत उजुरी गर्ने निकायहरु तथा माध्यमहरु हुँदाहुँदै मध्येरातमा फोन गरेर तथानाम गालीगलौज गर्ने, धम्काउने र चरित्र हत्या गर्ने कार्यको महासंघ ललितपुर शाखा घोर भत्र्सना र कडा शब्दमा निन्दा गर्दछ ।

साथै, उक्त घटनाको सत्यतथ्य छानबिन गरी घटनामा संलग्न व्यक्तिहरुलाई कानुनी दायरामा ल्याई कडा कारबाही गर्न नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुर जोडदार रुपमा माग गर्दछ ।
पछिल्ला दिनमा सार्वजनिक पदमा बसेकाहरुले पदीय दुरुपयोग गरेका समाचार लेखेकै कारण पत्रकारहरुमाथि भौतिक र मानसिक आक्रमणहरु भइरहेका छन् । समाचार लेखेकै कारण असुरक्षित हुनुपर्ने स्थितिको अन्त्य गरी पत्रकारहरुको पेशागत सुरक्षाका साथै भौतिक सुरक्षाका लागि विशेष ध्यान दिन समेत महासंघले राज्यसँग आग्रह गर्दछ ।

सविन शर्मा
सचिव
नेपाल पत्रकार महासंघ, ललितपुर  शाखा

 

ललितपुर पत्रकार महासंघ द्धारा जारी बिज्ञप्ती यस प्रकार छ :