चन्द्रागिरीमा दुई जनामा कोरोना संक्रमित देखिएपछि छिमेकी र्कीतिपुरमा जान बन्देज

१ जेठ, काठमाण्डौ । गएको दुई दिनमा नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढे पछि काठमाडौंको चन्द्रागिरि नगारपालिकामा समेत कोरोना संक्रमित देखिएपछि कीर्तिपुर नगरपालिकाका विभिन्न टोल छिर्ने सडकमा बार हालेर आउतजाओतमा बन्देज गरिएको छ ।
छिमेकी नगरपालिका चन्द्रागिरिमा कोरोना संक्रमित देखिएपछि पूर्वसावधानी अपनाउन भन्दै स्थानीय बासिन्दाले मुल सडकदेखि टोल छिर्ने सडकमा तारबार लगाएका हुन् ।
चन्द्रागिरि नगरपालिकामा अहिलेसम्म दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ मान्छे गाडी, मोटरसाइकल लगायत सवारी साधनमा टोल आउने गरेको भन्दै स्थानीय बासिन्दाले सडकमा बार लगाएका हुन् ।