काठमाण्डौंको टिचिङ हस्पिटलमा ६ वर्षिया बालिकामा कोरोना सक्रमित देखिए पछि हस्पिटल पूर्ण रुपमा सिल

१ जेठ, काठमाण्डौ । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत ६ वर्षीया बालिका कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ती बालिकालाई एक साताअघि उपचारका लागि कपिलवस्तुबाट ल्याइएको थियो । उनलाई अस्पतालको न्युरो वार्डमा राखिएको थियो ।

अस्पतालका निर्देशक प्रेमसिंह खड्गाका अनुसार बालिका अहिले अस्पतालमै छन् । उनको आज शल्यक्रिया गर्ने योजना थियो ।
अस्पतालमा भर्ना भएकी बालिकामा कोरोना देखिएपछि अब के गर्ने भन्नेबारे छलफल भइरहेको निर्देशक खड्गाले जानकारी दिएका छन् ।
पछिल्लो समय कपिलवस्तुमा कोरोनाका संक्रमित दैनिकजसो भेटिन थालेका छन् । ती बालिकालाई पनि उतै हुँदा कोरोनाको संक्रमण भएको हुन सक्ने अनुमान गरिएको छ ।