भोलिबाट पुनः बैंक तथा वित्तिय क्षेत्रका सिमित शाखा मात्र संचालन हुने

३१ बैशाख, काठमाण्डौं । गएको आइतबार सरकारले लकडाउनलाई खुकुलो गरे सकै खुल्न थालेका बैंक तथा विक्तिय संस्थाका शाखाहरु पुनः दुई दिनमा कोरोना भाइरस संक्रमित ह्वात्तै बढे पछि त्यसको मध्यनजर जर्दै राष्ट्र बैकले भोलि बिहीबारदेखि फेरि बन्द हुने भएका छन् । नेपालमा कोरोनाको संक्रमण बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले बैंकलाई सीमित शाखा कार्यालय मात्रै खोल्न निर्देशन जारी गरेको हो ।

बैंकका कारण मानिसहरुको भिडभाड बढ्दै गएपछि सबै शाखा कार्यालय नखोल्न राष्ट्रबैंकले बैंकहरुलाई निर्देशन दिएको हो । खुलेका शाखाहरुलाई पनि सिमित मात्रै पासको व्यवस्था गरेर सेवा दिइने छ ।

लकडाउनमा सेवा प्रदान गर्न देशभरका २७ वाणिज्य बैंकलाई २० वटाका दरले पास वितरण गरिएको छ भने विकास बैंकलाई १० वटाका दरले पासको व्यवस्था गरिएको छ ।
त्यस्तै फाइनान्स कम्पनीलाई आठ र लघुवित्त वित्तीय संस्थालाई पाँचका दरले पासको व्यवस्था गरिएको छ । बैंकिङ सेवा लिन जाने नागरिकले कोरोना रोकथाम सम्बन्धि सम्पूर्ण नियमको पालना गर्नुपर्ने छ ।