कपिलवस्तुमा आज देखिएका ८ जना कोरोना भाइरस मध्येमा ३ जना सुरक्षाकर्मी

३१ बैशाख, काठमाण्डौं । आज बुधबार ५ नम्बर प्रदेशको कपिलवस्तुमा भेटिएका आठ जना कोरोना संक्रमित कृष्णनगर नगरपालिकाका छन् । संक्रमितमध्ये तीन जना सुरक्षाकर्मी भएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिएका छन् ।

प्रजिअ पौडेलका अनुसार संक्रमित सुरक्षाकर्मीहरू नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक एक, शसस्त्र प्रहरी नायब निरीक्षक एक र राष्ट्रिय अनुसन्धानका सहायक निरीक्षक एक जना छन् । ड्युटीमै रहेका उनीहरूको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको पनि उनले जानकारी दिए । त्यस्तै कपिलवस्तुका अन्य पाँच संक्रमित भने भारतबाट आएको र उनीहरू नगरपालिकाको महेन्द्र मावि क्वारेन्टाइनमा बसेका थिए । आजै दिउसो कपिलवस्तुमा कपिलवस्तु नगरपालिका ४ का एक पुरुषमा संक्रमण पुष्टि भएको थियो ।