रुपन्देहीका १२ कोरोना संक्रमित मध्य ९ जना एकै परिवारका

३१ वैशाख, कठमाडौं । आज बुधबार कोरोना भाइरस पृष्टि भएका रुपन्देहीमा १२ कोरोना संक्रमित मध्ये ९ जना एउटै परिवारका रहेकाछन् । रुपन्देहीको गैंडहवा गाउँपालिका २ जोगडाका उनीहरू बैशाख २५ गते भारतको मुम्बईबाट गाडी रिजर्भ गरेर आएका थिए ।

एउटै परिवारका १७ जना मुम्बईबाट आए पनि परिवारका ९ जनामा संक्रमण पुष्टि भएको हो । उक्त परिवारसँगै मुम्बईबाट आएका सोही टोलका पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरू सबै मुम्बईबाट आई सिधै गाउँपालिकाको वडा २ स्थित जोगडा माविमा बनाइएको क्वारेन्टाइनमा गएका थिए ।