कालापानी नेपालकै हो भारतले अतिक्रमण गरेकोमा स्वीकार्य हुनै सक्दैन

-सर्वदलीय बैठक

३१ वैशाख, कठमाडौं । प्रधानमन्त्रीले आज बोलाउनु भएको सर्वदलीय बैठकले नेपालको पश्चिमी सीमा काली नदी रहेको र कालापानी नेपालकै रहेको भन्दै उक्त भूमि भारतले अतिक्रमण गरेकोमा स्वीकार्य हुन नसक्ने बैठकले निष्कर्ष निकालेको छ ।

बैठकमा उपस्थिति सबै दलका प्रतिनिधिहरुले भारतले सडक बनाएको भूभाग नेपालको भन्दै अभिमत प्रकट गरेको र त्यसका लागि प्रभावकारी कुटनीतिक कदम चाल्नुपर्ने निष्कर्ष निकालेको बताइएको छ ।

बैठकमा प्रधानमन्त्री केपी ओलीले राष्ट्रहितमा देखिएको एकताको सम्मान गर्दै पुर्खाले बचाएको नेपाललाई बचाउने र त्यसका लागि सवैको साथ चाहिने बताएका थिए ।
साथै सर्वदलीय बैठकले कालापानीबाट भारतीय सेना फिर्ता पठाउनुपर्नेे निष्कर्ष पनि निकालेको छ ।
संसदमा प्रतिनिधित्व गर्ने दलका नेता र पूर्वप्रधानमन्त्रीहरु सर्वदलीय बैठकमा सहभागी
भएका थिए ।