लिपुलेक र लिम्पियाधुरा फिर्ताको माग गर्दा नेकपा (क्रान्तिकारी) का नेता कार्यकर्ता पक्राउ

३१ वैशाख, कठमाडौं । भारतले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्रमा अतिक्रमण गरी हालै मात्र सडक बाटो निर्माण गरी उद्घाटन गरेपछि उत्पन्न भएको राजनीतिक क्रमसँगै आज सो अतिक्रमण नेपाली भूमि फिर्ती माग राखेर नेकपा (क्रान्तिकारी माओवादी) को ३ नं. प्रदेश र पार्टी सम्बद्ध जबस मोर्चाको संयुक्त आयोजनामा आज बुधबार काठमाण्डौंको माइतीघरमा गरिएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप पक्राउ गरेको ।

पार्टी सम्बद्र्धन ३ नम्बर मोर्चाकोले माइतीघर मण्डलामा गरिएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी पार्टीका चार जना पीवीएम, ६ जना केन्द्रीय सदस्य र जबस मोर्चाका नेता कार्यकर्ताहरुलाई प्रहरीले गिरफ्तार गरिएको छ । उनीहरुलाई गिरप्तार गरेर भृकुटी मण्डपको पुलिल क्लवमा राखिएको बताइएको छ । सो प्रर्दशनबाट पाँच दर्जन नेता कार्यकर्तालाई गिरफ्तार गरिएपछि पार्टीले वक्तव्य जारी गरी सरकारको यो कदमको कडा शब्दमा विरोध एवम् भत्र्सना गरेको छ ।

पार्टी महासचिव मोहन वैद्य ‘किरण’ ले जारी गरेको वक्तव्यमा शान्तिपूर्ण कार्यक्रममा हस्तक्षेप गरेर ओली सरकारले भारतीय विस्तारवाद प्रति भक्तिभाव देखाएको भन्दै गिरफ्तार नेता कार्यकर्तालाई अविलम्ब रिहाईको माग गरेको छ ।
भृकुटीमण्डपस्थित महेन्द्र पुलिस क्लवमा राखिएका गिरफ्तार नेता कार्यकर्ताहरुले भारतीय विस्तारवाद र दलाल ओली सरकारका विरुद्ध हिरासतभित्रै चर्को नाराबाजी समेत गरेका छन् ।

गिफ्तार पर्नेहरुमा पार्टीका पीविएम सीताराम तामाङ, पवनमान श्रेष्ठ, नगेन्द्र राई र सुरेश श्रेष्ठ रहेका छन् भने केन्द्रीय सदस्य तथा नेपाल राष्ट्रिय प्राध्यापक संगठनका अध्यक्ष प्रा.डा. जगदीशचन्द्र भण्डारी, पार्टी केस तथा ट्रेड युनियन महासङ्घका अध्यक्ष ईश्वर तिमिल्सिना, पार्टी केस तथा महासंघका महासचिव वसन्त वोगटी, पार्टी केस तथा अनेरास्ववीयु (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेल, पार्टी केस तथा क्रान्तिकारी युवा लिगका अध्यक्ष अमीर महर्जन, पार्टी केस तथा अनेमसंघ (क्रान्तिकारी) की महासचिव महासचिव शारदा महत, पार्टी केस गोविन्द पौडेल, कुमार बोगटी रहेका छन् ।

त्यसैगरी गिरफ्तार पर्ने अन्य नेता कार्यकर्ताहरुमा पार्टीका काठमाडौं सेक्रेटरी खगेन्द्र छन्त्याल, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल काठमाडौंका अध्यक्ष बन्धुदेव पाण्डे, मोर्चाकी ललितपुर अध्यक्ष इन्दिरा अधिकारी, अखिल (क्रान्तिकारी) का पूर्व उपाध्यक्ष विष्णु नेम्वाङ, महासचिव पेशल दाहाल, विद्यार्थी नेताहरु संघर्ष दाहाल, हिक्मत महरा, महिला नेतृ रुपा गेलाल, नेवाः मोर्चाका नेताहरु गोर्की श्रेष्ठ, शिव श्रेष्ठ, मजदुर नेताहरु नरेन्द्र कार्की, दिनेश बर्तौला, बालकुमार सुनुवार, बालकृष्ण सिटौला, दिनेश थापा, निरन तुलाधर, शेखर आचर्य, धुर्व क्षेत्री, कपिल पुन, मंगल तामङ, पवन गुरुङ, भुवन थापा, यज्ञ बहादुर थापा, सरोज लामा लगायतका नेता कार्यकर्ता गिरप्तारीमा परेको बुझिएको छ ।