भरखरै : आज फेरी पुनः कोरोना भाइरस संक्रमित २६ जना थपिए

३१ वैशाख, कठमाडौं । कोरोना भाइरसका संक्रमित थपिने क्रमसँगै आज बुधबार थप २४ जनामा कोरोना संक्रमण देखिएका छन् ।
जसमा १२ जना रुपन्देही, ८ जना कपिलवस्तु, ३ जना पर्सा, एकजना नवलपरासीका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
थपिएका २४ संक्रमितमध्ये २० जना पुरुष र ४ जना महिला रहेको बताइएको छ ।

उनीहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा परीक्षण गरिएको थियो ।
आजै दिउसो दुई जना व्यक्तिमा संक्रमण देखिएको थियो । जसमा एकजना बाँके र एक जना कपिलवस्तुका थिए । यीसहित बुधबार कुल २६ जनामा संक्रमण देखिएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४३ पुगेको छ ।

स्रोत : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय