काठमाडौं । काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयमा कक्षा ११ मा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला गरेको छ ।
शैक्षिक सत्र २०८०/८१ का लागि छात्रवृत्तिका लागि विद्यार्थी छनोट परीक्षा हुनेछ । छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीले आज बिहान १० बजेदेखि साउन १२ गतेसम्म महानगरको वेबसाइट वा entrance.kathmandu.gov.np मा आवेदन पेस गर्नुपर्र्नेछ ।
विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा, कानुन र प्राविधिक विषयमा छात्रवृत्ति परीक्षा हुने महानगरको शिक्षा विभागले जनाएको छ । परीक्षा साउन २० गते बिहान ११ बजेदेखि शुरु हुनेछ । परीक्षामा कक्षा १० को पाठ्यक्रममा आधारित १ सय वटा बहु वैकल्पिक वस्तुगत प्रश्न हुनेछन् ।