धनुषामा आज पुनः २ जनामा कोरोना पुष्टी

२९ बैशाख, धनुषा । कोरोना संक्रमित थपिने क्रमसँगै आज फेरि धनुषामा थप दुई जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले मिथिला नगरपालिकाका २ महिलामा कोरोना संक्रमण पुष्टि भएको रातोपाटीलाई जानकारी दिए ।
यस्तै हिजो जनकपुुर उपमहानगरपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । ती संक्रमितमा एक जना पत्रकार र एक जना पुस्तक व्यवसायी रहेको बताइएको छ ।

प्रदेश नम्बर २ मा कोरोना संक्रमित हटस्पट बनेको छ । प्रदेश २ का पर्सा, बारा, धनुषा, रौतहट, महोत्तरी, सप्तरी र सर्लाहीमा कोरोना संक्रमित फेला परिसकेका छन् । धनुषामा थप दुई जना पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुगेको छ यस्तै ३४ जना निको भएर घर फर्किएका छन् । तर यसको पृष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट भने आएको छैन ।