भिम रावलका सुरक्षा गार्डलाई कोरोना संक्रमित देखिएपछि नेकपा स्थायी कमिटी बैठक स्थगित

३१ वैशाख, काठमाडौं । आज ११ बजे बस्ने भनिएको नेकपा स्थायी कमिटी बैठक फेरि पनि स्थगित भएको छ ।
भीआईपीको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई नै कोरोना देखिएको र सांसद बाहेक अरु नेताको परीक्षण नगरिएको कारण देखाउँदै बैठक स्थगनको सूचना आएको बताइएको छ ।

मंगलबार साँझ भक्तपुरमा फेला परेका २७ वर्षीय कोरोना संक्रमित पूर्वगृहमन्त्री भीम रावलको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी हुन् ।