आज काठमाण्डौंमा कोरोना भाइरस संक्रमित एक जना चन्द्रागिरी नगरपालिका की महिला भएको बताइएको छ

३० वैशाख, काठमाण्डौ । आज एकैदिन कोरोना संक्रमित ८३ जनामध्यमा काठमाण्डौंमा पनि एक जना कोरोना पुष्टि भएकी महिला चन्द्रगिरी नगरपालिका निवासी भएको र तर उनी को हुन, चनपा कति वडाबासी हुन र कसरी कोरोना भाइरस संक्रमित भइन भनेर कुनै खुलाइएको छ्रन ।

उनी सहित भक्तपुरका दुई जनालाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना गरिएको छ ।
भक्तपुरमा फेला परेका संक्रमित भने हाल सालै तराईबाट काठमाडौ आएको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा.समिर अधिकारीले बताउनुभयो ।

तीनै जनाको स्वास्थ्य अबस्था समान्य रहेको बताइएको छ ।