८ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले फिल्म हलहरुमा १०र१० जना नगर प्रहरी खटाएर हिन्दी फिल्म रोक्न आदेश दिए अनुसार महानगरले आज बिहान आठ बजे सबै नगर प्रहरी फिर्ता बोलाएको छ।
नेपाली जनताले स्वयम बहिष्कार गरेपछि हलमा फिल्म बन्द गर्न बस्न नपर्ने भएपछि हलमा गएका नगर प्रहरी फिर्ता भएको महानगर प्रहरीले बताएको छ ।
हिन्दी फिल्म आदिपुरुषमा सीताको बारेमा विवादास्पद संवाद राखेको भन्दै सबै मेयर बालेन शाहले हिन्दी फिल्म चलाउन रोक लगाएका थिए । तर उच्च अदालत पाटनले हिजो बिहीबार भारतीय चलचित्र लगायत सेन्सर बोर्डले स्वीकृत गरेका चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश दिएको
थियो ।
त्यसलगत्तै बालेनले अदालत र सरकार भारतको गुलाम भएको भन्दै विवादास्पद अभिव्यक्ति सार्वजनिक गरेपछि उनको आलोचना भइरहेको छ ।