३० वैशाख, काठमाडौं । सत्तारुढ नेकपा भित्र चुलिदै आएको विवाद स्थायी कमिटी बैठकबाट समाधान गर्ने भनी बोलाइएको स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थागित भएको बैठक भोलि बस्ने भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले टार्दै आएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक भोलि बस्ने भएको छ ।
भोलि ११ बजे बैठक बोलाइएको भन्दै पार्टी कार्यालयबाट स्थायी कमिटी सदस्यहरुलाई एसमएमएस र टेलिफोन आएको छ । २५ गते बोलाइएको थियो, तर स्थायी कमिटीको एजेण्डा तयार पार्न भनी वैशाख २४ गते बसेको सचिवालय समितिको बैठकमा नेताहरुमा नेताहरुबीच चर्काचर्की भयो । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली आराम गर्न भन्दै उठेर हिँडे ।
ओलीसहित बहुमत सदस्य बैठकको विपक्षमा उभिएकाले स्थायी कमिटी बैठक स्थगित भयो । त्यसयता प्रचण्डले पटक पटक भेटे पनि प्रधानमन्त्री एवं अर्का अध्यक्ष ओली बैठक राख्न सहमत थिएनन् । तर एकाएक बैठक तय भएको छ ।
स्रोतकाअनुसार दुई अध्यक्षबीच टेलिफोनमा कुराकानी हुनुका साथै अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलबीच भेटवार्ता भएपछि स्थायी कमिटी बैठक बोलाइएको
हो ।
बैठक टार्दै आएका ओली के सहमतिका आधारमा बैठक राख्न सहमत भए ? नेकपा नेताहरुको चासो छ । एक सचिवालय सदस्य भन्छन्, ‘स्थायी कमिटी बैठक राखेर दुई अध्यक्षले सम्बोधन गरौं र भोलि नै बैठक सकौं । तपाईलाई कुनै अप्ठ्यारो हुँदैन, म जिम्मा लिन्छु भनेर अध्यक्ष प्रचण्डले भन्नु भएको छ ।
त्यसअनुसार भोलिको बैठकमा सरकारको नीति तथा कार्यक्रमबारे सुझाव दिने र लिपुलेकमा भारतले बनाएको सडकबारे छलफल गर्ने एजेण्डा मात्र राखिएको छ ।
महासचिव विष्णु पौडेलले पनि दुई एजेण्डामा छलफल गरेर बैठक भोलि नै सक्ने र २० नेताले उठाएका विषयमा पार्टीमा सहमति जुटाएर फेरि बैठक राख्ने जानकारी
दिए ।