जेठ २८, काठमाण्डौ । समाजवादी प्रेस संगठन नेपालको जेठ २६ र २७ गरी दुई दिन चलेको प्रथम राष्ट्रिय महाधिवेशनबाट नयां नेतृत्व चयन गरी सम्पन्न भएको छ । काठमाण्डौंको बानेश्वरस्थित अर्पण ब्याङकेटमा चलेको सम्मेलनमा नयाँ नेतृत्वमा सर्वसहमति ल्याउने प्रयास भए पनि त्यो हुन नसकेपछि अन्तिममा निर्वाचनबाट नै नयाँ नेतृत्व ल्याउनु पर्ने भए अनुसार देशभरीका करिब ३६० जना प्रतिनिधिको सहभागिता रहेपनि निर्वाचनमा २८३ जना प्रतिनिधिले राती ७ः३० सम्म मत खसालेका थिए । निर्वाचन मण्डलले निर्वाचन सम्पन्न लगत्तै राती आठ बजेदेखि मतगणना सुरुगरिएको भए पनि अन्तिम मतपरिणाम आउन रातीको २ बजेको थियो ।
सगठनको निर्वाचनमा खासै गुडगत प्यालन खडा नभए पनि निर्वाचन अवधिभर र मतपरिणामले के झल्काउछ भने अध्यक्ष, महासचिव बाहेक अरु पदमा भित्री रुपमा प्यानलगत मत जाहेर भएको आंकलन गर्न सकिन्छ । तर जे जसरी मत आए पनि महाधिवेशनमा जित्ने र हार्ने भन्दा पनि समग्र रुपमा समाजवादी प्रेस संगठनको जित भएको छ । त्यसमा पनि समाजवादी प्रेस संगठनले अरु प्रेस संगठनलाई लोकतान्त्रिक पद्धति, संगठनमा स्वच्छ प्रतिस्पर्धा हुनुपर्छ भन्न पाठ सिकाउदै र सहभागी प्रतिनिधिको इन्छा र भावनालाई सम्मान गर्दै भव्यताका साथ संगठनको प्रथम राष्ट्रिय महाधिवेशनले शसक्त, जुझारु, संगठन हाँक्न सक्ने सवल नेतृत्व निर्वाचित गर्दै सम्पन्न भएको छ ।
समाजवादी प्रेस संगठनको प्रथम महाधिवेशनमा निर्वाचि नयाँ नेतृत्व यस्तो छ :
अध्यक्ष
बिश्वमणि सुबेदी : १४७ (विजयी)
भुपराज खडका : ११९
मतान्तर : २८
राघव शाह: १५
खुला उपाध्यक्ष
नवराज छत्कुल्ली : १५०(विजयी)
राजेन्द्र कुवर : ११६
मतान्तर : ३४
महिला उपाध्यक्ष
अस्मिता गिरी : १७१ (विजयी)
उर्मिला कुवर : ९०
मतान्तर : ८१
उपाध्यक्ष सुदुरपश्चिम
नरेन्द्र भट्ट : १७४ (विजयी)
मिन ठकुरी : ८३
मतान्तर: ९१
महासचिव
रामकुमार एलन : १३९ (विजयी)
हृदय भुसाल: १३०
मतान्तर : ९
उपमहासचिव
प्रेम गौतम : १६४ (विजयी)
प्रतिज्ञा बुढा मगर : १२२ (विजयी)
लेखनाथ सिकारु : १३९ (विजयी)
गोविन्द प्रसाद सुबेदी : ८०
धनराज बास्तबिक : ८२
सबिन शर्मा : ७०
देवि प्रसाद सापकोटा :८२
सचीव (खुला)
आशिष गुरागाइ : ८६
शिव प्रसाद ढुंगाना : ११७ (विजयी)
धनविर दाहाल : ६३
समर रोकाया: ४१
अनिल शाही : १३६ (विजयी)
निर्मल अधिकारी : ७९
पुर्ण ब. कार्की : ८६
शिवलाल सुबेदी : ७२
तपेन्द्र कुवर : २५
सचिव (महिला)
क्रान्ति न्यौपाने : १२८(विजयी)
रमा न्यौपाने : ४२
कालिका सिवाकोटी : १०२
सचिव (दलित)
प्रदिप नेपाली : १५१ (विजयी)
विष्णु रैगाइ : ८९
कोषाध्यक्ष
रामचन्द्र बस्नेत : २७
कृपा भण्डारी : १३९ (विजयी)
मधुकर लुइँटेल : ४०
जमुना गजुरेल : ६०