Breaking News

समाजवादी प्रेस संगठन नेपालको प्रथम राष्ट्रिय महाधिवेशन काठमाण्डौमा सुरु, नयाँ नेतृत्वको लागि भोलि मतदान

जेठ २६, काठमाण्डौ । नेकपा एकीकृत (समाजवादी) को भातृ संगठन समाजवादी प्रेस संगठन नेपालको प्रथम राष्ट्रिय महाधिवेशन आजबाट दुई दिन चल्नेगरी काठमाण्डौंको बानेश्वरस्थित अर्पण ब्याङकेटमा सुरु भएको छ ।

पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको प्रमुख अथितिमा उद्घाटन गरेको कार्यक्रमको अध्यक्षता संगठनका अध्यक्ष शम्भु श्रेष्ठको रहेको थियो भने अथितिहरुमा पार्टीका उपमहासचिवद्धय, केन्द्रीय कमिटीका सदस्य, अन्य संगठनका प्रतिनिधि, पत्रकार महासंघका अध्यक्ष तथा देशैभरीबाट सहभागी करिब ३६० जना प्रतिनिधि र अन्य पत्रकारहरुको उपस्थितिमा भव्यरुपमा पहिलो सत्र सम्पन्न भएको छ ।

कार्यक्रममा मन्तव्य दिने क्रममा प्रमुख अथिति अध्यक्ष नेपालले, संगठन निर्माणमा कटिबद्ध भएर लागी अगाडी बढेको खण्डमा भोलिका दिनमा राजनीतिक नेतृत्वमा आउन समस्या नपर्ने बताए ।

संगठनमा राम्रा मान्छेहरुको संख्या बढ्ने र नराम्रा मान्छेहरुको संया घट्ने (पाखा) लगाउनु नै समाजवादी प्रेस संगठनको सवलीकरण भन्न सकिन्छ । नराम्रा मान्छेलाई यही महाधिवेशनबाट दण्डनीकरण गरेर बिदा दिई सक्षम र सही नेतृत्व निर्माण गर्नु संगठनको कर्तव्य ठहरिनेछ ।

संगठनले सकारात्मक भाव र कुरालाई आत्मसात गरेर अगाडी बढेको खण्डमा संगठन मजबुझ हुनसक्छ । साथै तपाई पत्रकारहरुले समाजमा असल काम गरेर पत्रकारीता क्षेत्रबाट अगाडी बढ्न सकिन्छ ।

पत्रकारहरुले राज्यका सबै पक्षलाई समेटेर समाचार बनाउनुपर्छ र त्यसका लागि राज्यले पनि पत्रकारका राम्रा पक्षलाई अवलम्बन गर्न सक्नुपर्छ ।

पत्रकारले देश विकासमा उच्च मनोबलका साथ अगाडी बढेमा पक्कै पनि राष्ट्र निर्माणमा साँच्चै टेवा पुग्नेछ ।
समाजवादी प्रेस संगठनले अबका दिनमा केही लक्ष्य र उद्देश्य राखेर अगाडी बढ्नु पर्दछ । त्यसका लागि सकारात्क सोच राखेर बढ्नुपर्छ ।

पत्रकारले संविधानाथि कुनै प्रकारको आँच आउने खालका समाचार संम्प्रेषण गर्नुहुन्न । कलमको लेखनीलाई अझैं तिखो बनाएर अगाडी बढ्नुपर्छ त्यसमा मेरो तर्फबाट र पार्टीको तर्फबाट साथ र सहयोग सधैव रहेने छ ।

सबैखाले विकृति र विसंगतिलाई लत्याएर संगठन निर्माणमा बढ्न सकेमा भोलिका दिनमा समाजवादी प्रेस संगठन नेपाल देशको ठूलो र सवल संगठनको रुपमा खडा हुन सक्ने बताए ।

No description available.

महाधिवेशनको पहिलो सत्रमा शुभकामना मन्तव्यपछि खाना खाने ब्रेकपछि सुरु भएको दोस्रो बन्दसत्रमा निर्वाचन कमिटी र बन्दसत्रको अध्यक्ष मण्डल निर्माणका साथै बन्दसत्रमा केही विवाद र छलफलपछि निचोट निकाली हलले सर्वसहमति बाट महासविचकोे संगठानात्मक प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन पारित गरेको छ । साथै आजै निर्वाचन मण्डलले भोलिका लागि तय गरेको निर्वाचन तालिका अनुसार पहिलो चरणमा प्रतिनिधिको नामावली प्रकाश गर्दै आजको सत्र सकिएको छ भने भोलि बिहान पुन बन्दशत्र सूचारी भई नयाँ नेतृत्व निर्माणका लागि निर्वाचन प्रक्रिया सम्पन्न गरेर नयाँ नेतृत्व चयन गर्ने बुझिएको छ ।