प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । आज बिहान ११ बजे बस्ने बैठकलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने भएका हुन् ।

आजको बैठकमा प्रधानमन्त्रीले समसामयीक विषयमा सम्बोधन गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

त्यस्तै अन्य कार्यक्रममा राष्ट्रिय सभा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रबारे जानकारी गराउने, अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘आर्थिक वर्ष २०८०÷०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत र यस विषयमा छलफल प्रारम्भ गर्ने छन् ।