पाल्पाको सत्यवतीस्थित केवरेडाँडामा जिप दुर्घटनामा ५ को मृत्यु दर्जनाभन्दा बढी गम्भीर घाइते

२२ जेठ, बुटवल । पाल्पाको रैनादेवी छहरा(८, सत्यवतीस्थित केवरेडाँडामा आइतबार भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

दुर्घटनामा एक दुई वर्षीय बालकसहित पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । अस्पतालमा उपचाररत दुई जनाको मृत्यु भएपछि मृतकको संख्या पाँच पुगेको हो ।

अर्घाखाँचीको पाणिनी गाउँपालिका(२, का २ वर्षीय बालक संयोग गौतम र पाणिनी(१ का ४४ वर्षीय विजय पोखरेलको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

संयोगको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र विजयको बुटवलको चौराह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । विजय पोखरेल सोही वडाका वडासदस्य हुन् ।

घटनास्थलमा तीन जनाको मृत्यु भएको थियो । घटनास्थलमा मृत्यु हुनेहरुमा अर्घाखाँचीको पाणिनी(१, की ५५ वर्षीया श्यामकला परियार, सोही स्थानका २६ वर्षीय चालक रमेश विक, पाणिनी(२ पोखराथोककी २५ वर्षीया सीता गौतम छन् ।

उपचारका क्रममा मृत्यु भएका २ वर्षीय संयोग मृतक सीताका छोरा हुन् ।

रुपन्देहीको सालझण्डीदेखि अर्घाखाँचीतर्फ गइरहेको लु१च ९०२४ नम्बरको जिप आइतबार साँझ साढे ५ बजेतिर दुर्घटना भएको थियो ।

दुर्घटनामा १० जना घाइते छन् । घाइतेहरुमध्ये केहीको अवस्था गम्भीर छ ।