प्रधानमन्त्री प्रचण्ड स्वेदश फिर्ता : भारत भ्रमण विगतको भन्दा फरक र परिणामुखी

काठमाडौँ । चारदिने भारत भ्रमण सकेर नेपाल भित्र भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन अन्तराष्ट्रि विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा, आफ्नो भारत भ्रमण विगतको भन्दा फरक र परिणामुखी भएको बताएका
छन् ।

‘विगतका भ्रमणभन्दा फरक पाएको छु । सारभूत रुपमा परिणामुखी रहेको छ । र, भविष्यका लागि स्पष्ट मार्गदर्शन समेत भएको छ’, प्रधानमन्त्री प्रचण्डको भनाइ छ । उनले विगतमा भारतसँगको सम्बन्धमा विश्वासको संकटजस्तो देखिए पनि अहिलेको भ्रममणले विश्वासको नयाँ वातावरण भनेको बताए ।

भ्रमणका क्रममा भारतीय प्रधानमन्त्रीले नेपाल भारत सम्बन्ध सुपरहिट बनाउँछौ भनेबाटै पनि त्यसको संकेत देखिएको बताए । उनले भ्रमणका क्रममा भएका सहमतिहरुलाई कार्यान्वयनमा ल्याउनुपर्ने समेत बताए ।