युग पुरुष सत्यमोहन जोशी १०१ वर्षमा प्रवेश

३० वैशाख, काठमाडौं । युग पुरुष सत्यमोहन जोशी सत्यमोहन जोशी आजबाट १०१ वर्ष लागेका छन् । नेपाली कला, सँस्कृति र साहित्यमा योगदान गरेका जोशी आजै बैशाख ३० गते मंगलबार बाट १०१ वर्ष पुगेका हुन् ।

जोशी गत वर्ष एक सय वर्ष पुग्दा ललितपुर महानगरपालिकाले महानगरपालिका भर सार्वजनिक विदा दिएको थियो । साथै महानगरपालिकाले एक वर्षभर विभिन्न कार्यक्रम गरी जन्मशताव्दी मनाउने निर्णय गरेको थियो ।

तर यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिम रोक्न लकडाउन गरिएकाले औपचारिक कार्यक्रमहरु छैनन् । उपमेयर गीता सत्यालले लकडाउनका कारण कुनै कार्यक्रम आयोजना नगरिएको बताइन् । गत वर्ष सत्यमोहनको सम्मानमा नगरपरिक्रमा, रक्तदान, नगरपालिकाभित्रका जेष्ठ नागरिकहरुलाई सम्मान लगायतका कार्यक्रम गरिएको थियो ।

यसैबीच जोशी १०१ वर्ष पुगेको अवसरमा नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले शुभकामना दिएका छन् । उनले ट्वीटरमार्फत् जोशीको सुस्वास्थ्यको कामना गरेका छन् ।