म्यानपावर व्यवसायीद्धारा धरौटी फिर्ता लिन माग

३० वैशाख, काठमाडौं । म्यानपावर व्यवसायीको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आफूहरुले राखेको नगद धरौटी तत्कालका लागि सरकारसँग फिर्ता मागेका छन् । कोरोनाका कारण व्यवसाय धरापमा परेपछि नगद धरौटीबापतको ४ अर्ब ३१ करोड रुपैयाँ तत्कालका लागि फिर्ता मागेका हुन् ।
अहिले वैदेशिक रोजगारीमा कामदार पठाउन इजाजत लिएका ८ सय ५३ वटा म्यानपावर कम्पनी छन् । यो खबर आजको राजधानी दैनिकमा छ ।