घांटीरेटी वेबारिसे अवस्थामा फालिएको शब बरामत

३० वैशाख, सिराह । सिरहा जिल्लाको लहान नगरपालिकामा एक जनाको हत्या गरिएको अवस्थामा शव बरामद भएको छ । लाहान नगरपालिका वडा नम्बर १७ मा पर्ने गोविन्दपुरमा एक जनाको घाँटी रेटी हत्या गरेको शव बरामद भएको जिल्ला प्रहरी सिरहाले जनाएको छ ।
प्रहरीकाअनुसार लगभग ४०–४५ वर्षको पुरुषको हत्या भएको हो । हत्या गरिएको व्यक्ति त्यहीँको स्थानीय सफिद मियाँ रहेको प्रहरीले जानकारी गराएको छ ।हत्या किन र कसले गरेको बारे अनुसन्धान भइरहेको ईप्रका लाहानले छानबिन गरिरहेको बताइएको छ ।