अग्निप्रसाद सापकोटासहित २० जनाको जम्बो टोली चीन प्रस्थान

काठमाडौं । सत्तारूढ दल नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटासहित २० जनाको जम्बो टोली चीन प्रस्थान गरेका छन् ।

उपाध्यक्ष सापकोटा नेतृत्वको २० सदस्य टोली १० दिने भ्रमणका लागि आज बिहान चीनको छेन्दु प्रस्थान गरेको हो । अनुभव आदानप्रदानका लागि माओवादी टोली चीन गएको भ्रमण दलका सदस्य जीपी मैनालीले जानकारी दिए ।

भ्रमण टोलीमा माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका पूर्व सभामुख सापकोटा सहित पार्टी सचिवहरु हितमान शाक्य, गणेश शाह र डिलाराम आाचार्य छन् । यसैगरी प्रदेश अध्यक्षहरु र केन्द्रीय नेताहरु पनि भ्रमण टोलीमा रहेको मैनालीले बताए ।