भूतपूर्व फुटवल मिडफिल्डर रञ्जित श्रेष्ठ कोरोना संक्रमित

२९ बैशाख, काठमाडौं । पूर्वराष्ट्रिय फुटबलर रञ्जित श्रेष्ठलाई कोरोना भाइरसको संक्रमण भएको छ । उनले आफूलाई चार दिनअघि कोरोना संक्रमण भएको आज सोमबार बताएका हुन् । युएईमा रहेका उनले कोरोना लागेको पुष्टि गर्दै सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेका छन् ।
’म सेल्फ आइसोलेसनमा छु । मलाई कोरोनाको पोजेटिभ छ । खासै त्यस्तो केहि जस्तो छ लागेको छैन । तातोपानी खान्छु । ब्यालेन्स डाइटमा बसिरहेको छु,’ सेल्फ आइसोलेसन चौथो दिन शीर्षकमा भिडियो पोस्ट गर्दै उनले भनेका छन्,’कोरोना भाइरसले गर्दा सबै मानिस प्यानिक भएको होला । तर आत्तिनु पर्ने त्यस्तो केहि छैन । मलाई भएको चार दिन भइसक्यो । तर नर्मल छु । कफ केहि छैन । कहिलेकाँही ड्राइ कफ हुन्छ ।
मिडफिल्डर रञ्जितले आफू कोठामा एक्लै बसेको बताउँदै ,’ लेमन ल्याएको छु । जगिङ गर्दै बसिरहेको छु । साथीभाइहरु नडराउनु होला । डर मान्नु पर्ने खालको छैन । तर आफूले बार्नु पर्छ । मेरो दोस्रो परीक्षणमा के हुन्छ त्यतिबेला म तपाईहरुलाई भन्नेछु ।