लकडाउन अवधिभर संचारकर्मीको निशुल्क कपाल काटिने

२९ बैशाख, काठमाडौं । काठमाडौं । लकडाउनका कारण काठमाण्डौंमा कपाल काट्ने सैलुन बन्द भएपछि मिडिया मिसन नेपालले सञ्चालन गरेको ‘सञ्चारकर्मीको निःशुल्क कपाल काटौँ’ अभियानमा विभिन्न सञ्चारगृहमा क्रियाशील २४३ लाई सेवा उपलब्ध गराइएको छ ।
नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाको समन्वयमा यही वैशाख १७ गतेदेखि सोही परिसरबाट शुरु भएको उक्त कार्यक्रम लकडाउन अवधिभर जारी रहने बताइएको छ ।
संस्थाका अध्यक्ष टेकनाथ न्यौपानेले लकडाउनका कारण सैलुन बन्द भएपछि सञ्चारकर्मीले कपाल काट्न नपाएको खबर पाएपछि सञ्चार गृहका साथीहरुको अनुरोधमा कार्यालयमै गई कपाल काटेर सहयोग गर्ने अभियान शुरु गरेको बताए ।
लकडाउनले अति आवश्यक सेवा क्षेत्र सामान्य सावधानीपूर्वक खुल्ला गरिएको छ भने सैलुनलगायत अन्य क्षेत्रलाई बन्द गरिएकाले त्यसको प्रभाव परेको छ ।