राष्ट्रियताको सावलमा नेविसंघ सडकमा

२९ बैशाख, काठमाडौं । भारतले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा नेपाली कांग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघले काठमाडौंमा आज प्रदर्शन गरेको छ । माइतीघर मण्डलमा प्रदर्शनमा उत्रिएका नेविसंघ अध्यक्ष राजीव ढुंगानासहितलाई प्रहरीले पक्राउ गरेको छ । लकडाउनका बेला प्रदर्शनमा उत्रिएको भन्दै प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
महामन्त्री बलदेव तिमल्सिना, उर्मिला थपलिया, युवराज पाण्डे, दीपक भट्टराई, प्रभात दाहाल लगायत नेता कार्यकर्ता पक्राउ परेका हुन् ।
महामन्त्री तिमल्सिनाका अनुसार पक्राउ परेकाहरूलाई नेपाल पुलिस क्लब भृकुटीमण्डपमा राखिएको छ । भारतले नेपाली भूमि लिपुलेकमा सडक निर्माण गरेपछि नेविसंघले सडक प्रदर्शन जारी राखेको छ । सरकारले भारतसँग कूटनीतिक पहल गरी अतिक्रमित भूमि फिर्ता ल्याउनुपर्ने नेविसंघको माग रहेको छ ।